काठमाडौं ।
यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले नि:शुल्क पाउने छन् । यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ ।
आगामी २२ माघ देखि सुरु हुन गइरहेको अभियानका लागि अहिलेसम्म १४ लाख ९७ हजार भाइल खोप आइसकेको छ । अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको हो ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी गराउनुभयो । यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइपुगिसकेको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४ जनाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ । हरेक बर्ष ५ लाख ७० हजार पाठेघरको मुखको क्यान्सरका बिरामी नेपालमा रहेका र सन् २०३० सम्ममा ७ लाखको हाराहारीमा पुग्ने अनुमान गरिएकोछ गौतमले भन्नुभयो ।
एचपीभी खोप लगाएका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोकथाम हुने, ९० प्रतिशत नियन्त्रण हुन्छ र ९० प्रतिशत सफलता मिल्छ भनी नेपाली थ्री नब्बे अभियानको नाम दिएको छ । यहि अभियानमा विश्वका १ सय ४४ मुलुक अभियानमा जुटीसकेका छन । नेपालमा हाल प्रति १ लाख महिलामा १६ जनामा पाठेघरको मुखको क्यान्सर भएकोछ । सन् २०३० सम्ममा प्रति एक लाखमा ४ जनामा झार्ने बिषयमा नेपाल सरकारले विश्व सामु हस्ताक्षर गरिसकेको अवस्था छ डा.गौतमले भन्नुभयो ।
यो खोप २०७२ साल देखि ०७४ सम्म चितवन र कास्कीमा परिक्षण गरिएको थियो । उक्त परिक्षणको पहिलो बर्ष सतप्रतिशतमा सफल भएको र दोस्रोमा झण्डै ९८ प्रतिशतमा सफल भएको थियो । यो खोप खोजी खोजी लगाएका थिए । खोपका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउने छ । डा गौतमलले बाँकी खोप आगामी १० जनवरी भित्र आइसक्ने बताउँनुभयो । उहाँले आइसकेका खोपहरुलाई प्रदेशस्थित आपूर्तिकेन्द्रहरुमा पठाउने काम भइरहेको समेत जानकारी गराउँनुभयो ।
उहाँले यस अघि लगाईएको खोप २ मात्रा रहेकोमा विश्व स्वास्थ्य संगठन र सिफारिस समितिको सिफारिसका आधारमा यो पटकबाट १ डोज मात्र खोप लगाए किशोरीहरु सुरक्षित हुने बताउँनुभयो । सोही अवसरमा क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरेले क्यान्सर भनेको मानव शरिरमा भएको अनियन्त्रित कोषिका बढ्नु हो ।
मानिसको कपाल र नङ बाहेक सबै अंगमा क्यान्सर हुन्छ भन्नुभयो । उहाँले क्यान्सर एकपटक भएपछि पटक पटक हुन सक्छ । परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपनि निस्कृय मात्र भएको हुन पनि सक्ने बताउनुभयो । भाईरस फर फरक खालको हुन्छ, कुनै हावामा सर्ने हुन्छ भने पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका क्रममा पुरुषबाट महिलामा सर्छ र महिलामा बढी असर गर्छ ।
त्यसैले यौन सम्पर्क गर्नु पहिलानै यो खोप लगायो भने भाईरस सर्न सक्दैन भने यौन सम्पर्कपछि यो खोप लगाउँनुले क्यान्सरको भाईरस रोकथाम गर्न सकिन्न । यतिमात्र नभै यौन १६ वर्ष माथिका युवतीहरुलाई यो खोपले प्रभावकारी रुपमा काम नगरेको अध्ययन अनुसन्धानमा पाईएको पनि उहाँले जानकारी गराउनुभयो ।
डा. घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको भाईरस शरिरमा प्रवेश गरेको १० देखि २० बर्षमा फैलिन्छ र गम्भिर असर देखिन्छ । त्यसैले भाईरस सर्नुपूर्व खोपले नियन्त्रण गर्न सक्छ । हरेक महिलाले ३० बर्ष उमेर पछि एचपिभि र एचपिभि सेल्फ परिक्षण गर्नुपर्छ । क्यान्सर लागेका महिलाले लजाएर परिक्षण गर्न आउँदैनन् । यसका लागि आफै नमूना संकलन गरि परिक्षण गराउँन सक्ने व्यवस्था पनि रहेको छ ।
किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने डा.गौतमले बताउनुभयो । ‘खोप अभियान चल्छ, १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएको उहाँले जानकारी गराउनुभयो ।
डा. गौतमका अनुसार खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिन्छ । प्रदेश स्तरको तालिम सम्पन्न भैसकेकोछ । अभियानका लागि १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुनेछ ।
सरकारले यसपटक यो खोप अभियानका रुपमा सञ्चालन गर्ने र अर्कोबर्षबाट नियमित खोपको सूचीमा राखिसकेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्दका निर्देशक केशवराज पण्डीतले बताउँनुभयो । उक्त कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले मिडियाको भूमिकाका बारेमा प्रकास पार्नुभएको थियो भने मञ्चका अध्यक्ष सरोज ढुंगेलले सही सूचनाका लागि पत्रकारलाई मात्र हैन चिकित्सक स्वास्थ्यकर्मीहरुलाई पनि तालीमको खाँचो रहेछ भन्नुभयो ।
प्रतिक्रिया