वैशाखमा झिल्को


काठमाडौं ।

निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म झिल्को आगामी वैशाख १९ रिलिजमा आउने भएको छ। यसअघि चलचित्रको फस्टलुक सार्वजनिक गर्दै ५ पुसमा प्रदर्शन मिति घोषणा गरिएको थियो। भट्टराईले झोला र भोरपछि यो फिल्म निर्देशन गरेका हुन्।

मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभावका विषयमा निर्माणाधीन फिल्ममा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, आयुषी ढकालगायतका कलाकार प्रमूख भूमिकामा छन्।

‘बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हु“दै गएको दुव्र्यसनी डिजिटल दुर्व्यसनी हो। यही संवेदनशील विषय झिल्कोको कथा हो’ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक फिल्म हो।’

फिल्मको ९० प्रतिशत दृष्य छायांकन गत वर्षको चैतमा सकिएको र केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए। फिल्ममा पटकथा र संवाद निर्देशक भट्टराईका साथमा अरूणदेव जोशी र देवव्रत, संगीत चण्डीप्रसाद काप्mले र दीपक शर्मा, छायांकन दीपक बज्राचार्य र सम्पादन निमेश श्रेष्ठको रहेको छ।