काठमाडौं ।
औषधिको मूल्य समायोजन गर्न औषधि व्यवसायीले माग गरेका छन् । यतिकेम ग्रुपका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले औषधिको मूल्य चाँडै समायोजन गर्न माग गर्नुभएको हो ।
हेटौडामा १९६८ मा यतिकेम ग्रुप स्थापना गरि औषधि व्यवसाय शुरु गरेको यतिकेमका अध्यक्ष बैद्यले औषधिको आयात गर्दा लाग्ने प्रक्रिया, बजार व्यवस्थापनलगायतका खर्चमा वृद्धि भएको तर औषधिको मूल्य भने यथावत हुँदा मार परेको बताउँनुभयो ।
अध्यक्ष वैद्यले जति सक्दो चाँडो मूल्य समायोजन गर्नुपर्ने बताउनुभएको हो । स्वास्थ्य पत्रकारहरूसँगको भेटमा उहाँले औषधिको गुणस्तर कायम राख्नमा समेत ठूलो खर्च हुने समेत जानकारी गराउँनुभयो ।
उहाँले भन्नुभयो-यतिकेमले १९६८ मा लाईफ सेभिङ औषधि उत्पादनबाट शुरु गरि आज देशमा आवश्यक पर्ने शल्यक्रिया, क्यान्सर देखि कोभिड १९ का बेला कोभिड बिरुद्धको भ्याक्सिन सम्म यो कम्पनीले भित्र्याएर देश र देशका नागरिकलाई सेवा प्रदान गर्दै आएका छौं । अब ‘सरकारले तोकेको मूल्यमा औषधि दिन अति मुश्किल भइसक्यो । कतिपय कम्पनीले औषधि दिन छाडिसके ।’ यो बिषयमा सरकारलाई मूल्य समायोजन नभै माग अनुसारको औषधि उपलब्ध गराउँन नसकिने जानकारी गराउँदै आएका छौं ।
डा.बैद्यको यतिकेम ग्रुपले क्यान्सरको औषधि शुरु गर्दा नेपालमा ६ जना मात्र क्यान्सरका चिकित्सक सकृय रहेको र उहाँहरुलाई नेपालमै क्यान्सरको औषधि ल्याउँने बिषयमा बैठक बसी विस्वस्त बनाएपछि क्यान्सरको औषधि नेपालमै उपलब्ध गराएको जानकारी गराउँनुभयो । उहाँले यतिकेमको १ सय ३५ जनाको सकृय समूहले औषधि उत्पादन, बजार व्यवस्थापन, मार्केटिङ, आन्तरिक व्यवस्थापन लगायतका काम गर्दै आएकोछ । औषधिको विश्वस्नियताका लागि ज्ञान हुनुपर्छ ।
विगतमा जो मान्छे औषधिका लागि बाहिर जान सक्दैनथ्यो उ यतिकेम पुग्थ्यो । यतिकेमले विदेशबाट ल्याउँने औषधि विदेशमा जति मूल्य पर्छ त्यतिमै नेपालमा उपलब्ध गराउँथ्यौ र बिरामीलाई रोग लाग्यो भनेर हिम्मत हार्नु हुन्न निको हुन्छ भन्दै आत्मबल बढाउँनुपर्छ भनेर पठाउँथ्यो । हामीले व्यापार मात्र गरेनौ सामाजिक सेवा पनि गरेका छौ । एकदिनको कुरा एउटा २१ बर्षको युवक सिलगुडीको औषधि पसलमा भेट भए ।
त्यहाँको फामेसि पसल व्यवसायीले मलाई सोधे तिम्रो देशमा एउटा क्यान्सरको औषधि पाईन्न र यो व्यक्ति हरेक ३१ दिनमा मेरो पसलमा उस्को आमाको लागि औषधि लिन आउँछ, तिमीहरु के गर्छौ ? यो प्रश्न र ती युवाको संघर्ष देखेर मैले सबै कुरा उनीसँग बुझे । उनी काठमाडौ देखि आमाको लागि औषधि खरिद गर्न रक्सोल पुग्दा रहेछन् । मैले उनलाई अब देखि तिमीले किन्ने औषधिको लिष्ट मलाई दिनु आवश्यक औषधि यहिको मूल्यमा म ल्याई दिन्छु भने । ती युवामा हर्षका आसु बगे । मैले सधै औषधि लगेर दिने गरे यो मेरो सेवा भाव थियो भन्नुभयो ।
जतिबेला यतिकेमले विदेशबाट नेपालमा औषधि झिकाउँदा त्यो औषधि भारतमा समेत थिएन । विभिन्न किताब पढेर पत्राचार गरेर मुस्किलले प्रतिउत्तर पाईन्थ्यो र औषधि खरिद गथ्र्यौ । नेपाल एउटा सानो मुलुक भएको र ठूलो बजार नभएकाले ठूला औषधि कम्पनीहरुले नेपालमा औषधि खपत कम हुने कारणले औषधि दिन चाहँदैनथे । तर सम्झाई बुझाई गरेर एकपटक लिन सफल भएपछि हामी सधै भित्रवत व्यवहारमा परिणत गथ्र्यौ र औषधि सप्लाईमा निरन्तरता दिन्थ्यौ ।
औषधि वितरणमा गुणस्तरियता हुनुपर्छ । नेपालमा पहिलोपट सर्भाइकल क्यान्सर प्रतिरोधात्मक खोप सन् २००८ मा अष्ट्रेलियबाट यतिकेमलेनै भित्रयाएको बैद्यले दाबी गर्नुभयो । उहाँले यो खोप अहिले १४ बर्ष मुनिका बालिकालाई लगाउँने गरि सरकारले निःशुल्क लगाउँदै आएकोछ । यो खोप अष्ट्रेलियामा बालक र बालिका दुबैले लगाउँछन र सर्भाइकल क्यान्सरको रेट कम छ । यो खोपका कारण ९५ प्रतिशत क्यान्सरसँग लड्ने क्षमताको विकास हुन्छ अध्यक्ष बैद्यले भन्नुभयो ।
बैद्य भन्नुहुन्छ—औषधिको गुणस्तरियताको कुरा गर्दा कोलचेन मेन्टन ३ प्रकारको हुन्छ । जुन कति मात्राको चिस्यानमा राख्ने भन्ने हुन्छ । औषधि विदेशबाट मगाउँदा सिधै एयरलाईन्समा ल्याई विमानस्थलबाट कोलचेन मेन्टन हुने भ्यानमा राखी स्टोर सम्म पुर्याईन्छ र स्टोमा पनि कोलचेन मेन्टन छ छैन नापेर राखिन्छ । यस्तो औषधिहरु मेडिकल, अस्पताल, घर लगायतका निकायमा पुग्दा कसरी राख्ने भन्ने बारेमा ज्ञान हुनु जरुरी छ ।
औषधिको प्रयोग मात्र गरेर रोग निको हुन्न । यसका साथै नेपालमा म्याद गुज्रीएका औषधि डिस्पोज गर्ने ठाउँ छैन । यस्तै कारणले गर्दा केही बर्ष अघि अस्पतालले फालेको फोहोरमा शल्यक्रिया गरेका अंग लगायतका सामग्री सडकमा भेटिनुको प्रमुख कारण यीनै हुन ।
नेपालको बजार सानो भएकै कारण क्यान्सर लगायतका दीर्घकाल प्रयोग गर्नुपर्ने औषधि नेपाल औषधि व्यवास्था विभागमा दर्ता प्रकृया नभएका कारण वान टाईम दर्ता गरेर औषधि ल्याउँन बाध्य छौ । खुल्ला बोर्डरका कारण डुब्लिकेट र गुणस्तरहिन औषधि नेपालमा थुप्रै भित्रिन्छन । यस्ता औषधिमा गुणस्तरियता हुँदैन । सबै भन्दा ठूलो इमान्दारिता हो, दोस्रो सेवा भाव हो । औषधि सिफारिस जेनेरिक नामबाट गर्नु राम्रो कुरा हो सजिलो छैन बैद्य भन्नुहुन्छ ।
प्रतिक्रिया