एजेन्सी ।
चर्चित कोरियाली नेटफिक्स सिरिज स्क्विड गेम सिजन २ को पर्खाईमा रहेका दर्शकको लागि वर्ष २०२४ को अन्त्य सुखद् बनेको छ।
विश्वव्यापीरूपमा लोकप्रिय यो सिरिजको सिजन २ बिहिवारबाट नेटफ्क्सिमा प्रिमियर भएको छ। ह्वाङ दोङ ह्युकले नेटफिक्सका लागि निर्माण गरेको सिरिजको पहिलो सिजनमा ली जोङ जे, पार्क हे सो र जङ हो एनले अभिनय गरेका छन्। वर्गीय अवस्था, पैसा, पावर र एक प्रकारको खेलमा आधारित यो सिरिज सन् २०२१ मा रिलिज भएको थियो।
सिरिजले एकपछि अर्को गर्दै मनोरञ्जनको दुनिया“मा विश्वव्यापीरूपमा इतिहासमाथि इतिहास रचेको थियो। यसले टेलिभिजन जगत्को ओस्कार अवार्ड मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक धेरै विधामा मनोनित भएर रेकर्ड राखेको थियो। सन् २०२२ को एमी अवार्डमा १४ विधामा मनोनयन परेको स्क्विड गेमले आधा दर्जन एमी अवार्ड जितेको थियो। यो एमी अवार्डमा नोमिनेसनमा पर्ने र अवार्ड जित्ने पहिलो गैरअंग्रेजी सिरिज हो।
यसअघि गैरअंग्रेजी सिरिजले एमी अवार्ड जित्नुको त कुरै छोडौं, मनोनयनमा समेत परेका थिएनन्। सन् २०२१ को नोभेम्बर महिनामा एक हप्तामा सबैभन्दा बढी हेरिएको सिरिजको पहिलो नम्बरमा आएको स्क्विीड गेम यसको गहन विषय, मनोवैज्ञानिक रूपमा तंरगित पार्नेखालका दृश्य, यसका कलाकार र उनीहरूको अभिनयका साथै, रहस्यमयी कहानीका कारण कोरियामा मात्र नभई विश्वमै चर्चित बन्न पुगेको थियो। तीन वर्षपछि प्रिमियर भएको सिजन २ का लागि नेपाली युवा समेत उत्सुकतापूर्वक पर्खिरहेका थिए।











प्रतिक्रिया