मोहन वैद्य अस्पताल भर्ना


काठमाडौँ ।

 क्रान्तिकारी कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । पुरानै रोग अर्थात् अचानक दम बढे पछि महासचिव वैद्यलाई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।

बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए ।

 त्यसपछि क्रमशः अस्वस्थ्य भएका वैद्यलाई शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।