जापानका लागि बिक्री भयो रंगी


काठमाडौं ।

अभिनेता सलोन बस्नेतले सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरेको फिल्म रंगीको जापान अधिकार बिक्री भएको छ। फिल्म युना इन्टरटेनमेन्टका लागि उज्ज्वल गुरागाईंले जापान अधिकार किनेका हुन्।

आगामी फागुन २ गते रिलिज हुने फिल्म सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको हो। सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतले अभिनय गरेको फिल्ममा बाबुछोरीको कथा छ।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।