काठमाडौं ।
लोकप्रिय कलाकारहरुले राजधानीमा आयोजित फेसन शोमा मोडल बनेर क्याटवक गर्दै र्याम्प नापेका छन्। प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्केलगायतका कलाकारले ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा डिजाइनरहरुले बनाएका पहिरनमा क्याटवक गर्दै र्याम्प नापेका हुन्।
दरबारमार्गस्थित याक एण्ड यति होटलमा आयोजित फेसन सोमा कलाकारहरुले शो टपरको रुपमा र्याम्पमा क्याटवक गरेका हुन्।
फेसन शोमा कलाकारहरुसँगै ३० पुरुष र महिला मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइनमा र्याम्प वाक गरेका थिए। प्रारम्भ प्रोडक्सनद्वारा आयोजित फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुुस् क्रियसन, वेरा बाई जारा, राजन शाहलगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन प्रस्तुत भएको थियो।
फेसन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी गराए।
प्रतिक्रिया