गायिका सङलाई ८ वर्ष जेल सजाय



एजेन्सी ।

विश्व चर्चित के–पप ब्याण्ड इन्स्टारकी गायिका डिजे एन–ए–सङलाई कार दुर्घटनाको घटनापछि आठ वर्षको जेल सजाय सुनाइएको छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार सङले हाँकेको गाडीको ठक्करबाट ५० वर्षीय डेलिभरी म्यानको मृत्यु भएपछि त्यहा“को सर्वोच्च अदालतले उनलाई सो सजाय सुनाएको हो। घटनापश्चात् घटनास्थलबाट भागेको कारण यसभन्दा अघि उनलाई १० वर्षको सजाय सुनाइएको थियो।

पीडित परिवारसँग गएर घटनाबारे माफी मागेपछि उनको जेल सजायमा कटौती गरिएको हो। अभियोजन पक्षले भने शुरूमा उनलाई १५ वर्षको जेल सजाय हुनुपर्ने माग गरेको थियो। ए–सङले हाँकेको मर्सिडिज बेन्ज गाडी एसयूभीको ती व्यक्तिको मृत्यु भएपछि गत सेप्टेम्बरमा सो मुद्दामा सुनुवाइ हुँदा सङले संगीत करिअर नै त्याग्ने योजना रहेको बताएकी थिइन्।

ए–सङका वकिलले उनले आफूमाथि लागेको अभियोग स्वीकारेको जनाउँदै सो समयमा सङले अत्यधिक मादक पदार्थ सेवन गरेर गाडी हाँकेको बताएका छन्।

एन–ए–सङले अदालती बयानमा आफू आर्थिक तनावबाट गुज्रिएको समेत बताएकी छन्। ‘त्यतिबेला बुकिङ नहुँदा आर्थिक संकटमा थिएँ। म एउटा महत्वपूर्ण भेलामा थिएँ, जतिबेला मेरो जीविकोपार्जनमा समस्या थियो’ उनले बयानमा भनेकी थिइन्।