नेवाः लोककला कार्यशाला र अन्तरसंवाद


काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हालै नेवाः लोककला कार्यशाला सम्पन्न गरेको छ। उक्त अवसरमा नेवाः संस्कृतिविद् गणेशराम लाछीसँग अन्तरसंवाद कार्यक्रम गरिएको थियो।

सो सन्दर्भमा लाछीले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत यःमरि र यसमा भएको नेवाः लोककलाका विविध आयाम र पक्षका बारेमा चर्चा गरे। कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यःमरिलाई नेपालको महत्त्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गरे। नेवारी सांस्कृतिक कला जीवनदर्शनस“ग पनि जोडिएको बताए।

कार्यक्रममा प्रतिष्ठानमा उपकुलपति लालकाजी लामाले नेवाः कलाले नेपाली संस्कृतिलाई समृद्ध तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरे।

लोककला विभाग प्रमुख प्रदिप अधिकारीले नेवाः समुदाय लोकसंस्कृति, लोकपरम्परा तथा लोककलामा धनी रहेको बताए। कार्यक्रम संयोजक मनरा प्रजापतिले नेवारी समाजमा प्रत्यक्षरूपमा अमूर्त संस्कृति देख्न सकिने बताए।