बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले पनि रोजगारीको अवसर पाउनुपर्छ


काठमाडौँ।

अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा राजधानीमा अपाङ्गता भएका व्यक्तिहरुको रोजगार मेलाको आयोजना गरिएको थियो ।
सो मेलामा अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका विविध सामग्रीहरुको प्रदर्शनीका साथै सो मेलामा कोपिला परियोजना अन्तरगत तालिम लिएर रोजगारीमा जोडिएका १० जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिने रोजगारदातालाई समेत सम्मान गरिएको थियो ।

बौद्धिक अपाङ्गता अभिभावक महासङ्घले सम्मान कार्यक्रमको आयोजना गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सिप÷दक्षता अनुसारको रोजगारी उपलब्ध गराउने रोजगारदाताहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो ।

समावेशी आयोगका कार्यकारी अध्यक्ष विष्णुमाया ओझाले रोजगारदाताहरु रविन्द्र लामिछाने, दर्शन बरुवाल, यमबहादुर बानिया, सुवास गोतामे, चन्दन मण्डल, मिलन कुमार सिंह र धनन्जय सिहंलाई सम्मानपत्रसहित सम्मान गरेकी हुन्।

आयोगका कार्यकारी अध्यक्ष ओझाले समावेशी आयोगले अपाङ्गताको क्षेत्रमा समेत काम गर्ने भएकोले अपाङ्गता भएका व्यक्तिलाई उहाँहरुको क्षमता अनुसारको रोजगारी दिन राज्यलाई सिफारिस गर्ने प्रतिवद्धता जनाइन् । साथै २५ देखि ३० वर्षसम्मका उमेरमा पहिलोपटक रोजगारी गर्न विभिन्न कार्यलयमा जानुहुने व्यक्तित्वहरु समेत भेला भएका थियो ।

अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा ८ को उपदफा ४ मा पच्चीस जनाभन्दा बढी मजदुर नियुक्त गरिने कारखानाले जम्मा मजदुर सङ्ख्याको पाँच प्रतिशतमा नघटाई अपाङ्गलाई उनीहरूको शारीरिक क्षमता, तालिम, योग्यता र अनुभवका आधारमा उपयुक्त हुने काममा उपलब्ध भएसम्म नियुक्त गर्नपर्ने उल्लेख छ ।

सो परियोजना अन्तरगत सिप सिकेर म्याग्दी, बेनीनगरपालिका–८ की ममता पौडेलले कोर स्माइल डेण्टल क्लिनिकमा काम गरिरहेका छन् ।
काभ्रेकी सुस्मिता पौडेल बौद्धिक अपाङ्गता भएकी छिन् । व्यवस्थापनमा स्नातक गरेकी २६ वर्षिय सुस्मिता ट्राभल एजेन्सीमा १ वर्ष देखि कार्यरत छिन् ।
रोजगार मेलामा सहभागिता जनाउन आएकी सुस्मिताले २५ वर्षको उमेरमा पहिलो रोजगारीको रुपमा प्राप्त गरेको अवसरले आत्मनिर्भर हुन सहयोग गरेको बताइन् ।

पहिले त डराई डराई घरबाहिर काम गर्न निस्कीए , कोपिला परियोजनाले घरबाहिर निस्कन, काम सिक्न प्रेरित गरेपछि हिम्मतका साथ काम गर्न सकिको सुस्मिताले बताइन् ।

बौद्धिक अपाङ्गता भएका पोखरा मालेपाटन–५ का शेरबहादुर खत्रीले पनि आफ्नो उमेर ३० वर्षको हुँदा जीवनकै पहिलो रोजगारी पाएका छन् ।
खत्रीले मालेपाटनस्थित ए.एम÷पि.एम अर्गानिक क्याफेमा सरसफाईको काम गर्छन् । काम गरेर आफैं कमाउन सकेकोमा निक्कै खुसी लागेको उनले बताए ।
त्यसैगरी सिराहा शिव चौरसियाले पनि २६ वर्षको उमेरमा पहिलो रोजगारीका रुपमा घर छेउमै रहेको मिलन डेरी फुड एण्ड इन्डस्ट्री प्रा.लिमा पाउरोटी, विष्कुट प्याकिङको काम गर्छन् भने प्रदिप अधिकारी निर्माण क्षेत्रमा काम गर्छन् । चौरसियाले विगत एकवर्षदेखि सो डेरी इन्डस्ट्रीमा काम गरेर मासिक आठ हजार रुपियाँ तलब पाइरहेका छन् ।

महासङ्घका अनुुसार सिप सिकाएर रोजगारी दिने हो भने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले इमान्दारीतापूर्वक काम गर्न सक्ने ममता, शेरबहादुर, शम्भु, प्रदिपलगायत दसजना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले उदाहरण पेश गरेका छन् ।

सङ्घका अध्यक्ष राजु बस्नेतले भन्छन् ‘महासङ्घ र लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित परियोजना “कोपिला” अन्तरगत बौद्धिक अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम र सोही काम अनुसारको सिप प्रदान गर्दै दसजना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीसँग जोड्न सफल भएका छौं ।’
बौद्धिक अपाङ्गता अभिभावक सङ्घका महासचिव रामनारायण श्रेष्ठले राज्यले अपाङ्गता भएका व्यक्तिका राज्यले सामाजिक सुरक्षा भत्ता होइन, उनीहरुको दक्षता अनुसारको रोजगारी दिएर राज्यलाई कर नै तिर्न सक्ने नागरिक बनाउदै अपाङ्गता भएका व्यक्तिप्रति हेर्ने दृष्टिकोण बदल्दै जानुपर्ने बताए ।

कोपिला परियोजना अन्तरगत सिप सिकेर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु प्रदिप अधिकारी, ममता पौडेल, शेरबहादुर खत्री, आशिषकुमार श्रेष्ठ, पूर्णिमा बानिया, रेजिना श्रेष्ठ, शम्भु चौरसिया,इश्वर गिरी, सुनिल कुमार दास, आयुष्मा मानन्धरले आठहजार रुपियाँदेखि १० हजार रुपियाँसम्म मासिक तलब पाइरहेका छन्।

बौद्धिक अपाङ्गता अभिभावक सङ्घका उपाध्यक्ष शिला थापाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई पटक–पटक एउटै प्रक्रियाहरु दोहो¥याएर गर्ने कामहरु सिकाउन सके उहाँहरुले सो काम सजिलै सिकेर मेहनतका साथ गर्ने अनुभव सुनाइन् ।

डाउन सिन्ड्रोम भएका बालबालिकाले नृत्य धेरै राम्रो गर्ने, पोते उन्ने, सरसफाई, सहयोगीको भूमिकामा निक्कै राम्रो काम गरिरहेको थापाले बताइन् ।
बौद्धिक अपाङ्गता भएका बालबालिकाबाट धेरै ठूलो अपेक्षा नराखी उनीहरुले गर्न सक्ने काम सिकाएर रोजगारीसँग जोड्न सफल भएको राम्रो उदाहरण मेलाबाट देखिएको उनले बताइन् ।

राज्यसँग अपाङ्गता भत्ताको माग गर्नुभन्दा अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने रोजगारीको सिर्जना र काम अनुसारको तलब दिएर आफ्नो खुट्टामा उभिन सक्ने क्षमता विकास र अवसरको माग गर्ने महासङ्घले जनाएको छ ।

कोपिला परियोजना अन्तरगत सिप सिकेर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु प्रदिप अधिकारी, ममता पौडेल, शेरबहादुर खत्री, आशिषकुमार श्रेष्ठ, पूर्णिमा बानिया, रेजिना श्रेष्ठ, शम्भु चौरसिया,इश्वर गिरी, सुनिल कुमार दास, आयुष्मा मानन्धरले आठहजार रुपियाँदेखि १० हजार रुपियाँसम्म मासिक तलब कमाइरहनुभएको छ , त्यसबाट उनीहरुका साथै अभिभावक समेत खुसी भएका छन् ।

उनीहरु क्लिन अप नेपाल काठमाडौँ, होटल शिखर बेनी,होटल डल्फीन बेनी, कोर स्माइल डेन्टल क्लिनिक बेनी, विश्वमित्र बचत तथा ऋण सहकारी संस्था लि. बेनी, न्यु इन्द्रेणी मिटसप, महालक्ष्मी पेट इन्डस्ट्री प्रा.लि.सप्तरी, मिलन डेरी फुड एण्ड इन्डस्ट्री प्रा.लि. सप्तरी, ए.एम÷पि.एम अर्गानिक क्याफे कास्कीमा कार्यरत छन् ।

रोजगारदाता सम्मान पाएका क्लीन अप नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले पहिलो पटक सो कार्यलयमा कार्यलय सहयोगीको रुपमा काम गर्ने आयुष्माको मेहनतबाट आफू प्रभावित भएको बताउँदै अवसर बौद्धिक अपाङ्गता भएका व्यक्तिले पनि रोजगारी गरेर आत्मनिर्भर हुन सक्छन् भन्ने अनुभव भएको बताए । त्यस्तै अन्य रोजगारदाताले पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिदा परिणाम राम्रो निस्किएको अनुभव सुनाए ।