काठमाडौँ।
नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबारदेखि घट्न सुरू गरेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
बिहीबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात ६० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
प्रतिक्रिया