फिल्म मेकिङमा मास्टर क्लास


काठमाडौं ।

चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने फिल्म मेकिङ मास्टर क्लास शुरू भएको छ। फिल्मका ५४ विद्यार्थी तथा फिल्मकर्मीको सक्रिय सहभागिता रहेको मास्टर क्लास अष्ट्रेलियामा फिल्म विषयमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका छन्।

फिल्म निर्माणमा ज्ञान र सीप गहिरो बनाउन चाहने विद्यार्थीलाई उत्कृष्ट सिक्ने अनुभव प्रदान गर्ने लक्ष्य राखेको कार्यशालामा सहभागीहरूले सिनेम्याटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङ र निर्देशनको उपयोगद्वारा हलिउड फिल्म लुक सिर्जना गर्न अवधारणादेखि स्क्रिनसम्म सिनेम्याटिक प्रक्रियामा फष्ट  र्‍यान्ड अन्तर्दृष्टि प्राप्त गर्ने प्रमुख प्रशिक्षक समेत रहेका चौहानले बताए।

कार्यशाला सिनेपाल स्टुडियो भैसेपाटीमा सञ्चालन भइरहेको छ। प्रशिक्षणपश्चात् सहभागीहरूले एक एक लघु फिल्म निर्माण गरी आगामी शुक्रबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा हुने समापन कार्यक्रममा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।