काठमाडौं ।
कलाकारद्वय क्याप्टेन विजय लामा र गौरी मल्लले मेदान्त आयुर्वेद हस्पिटलको शुभारम्भ गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच लामा र मल्लले हस्पिटलको शुभारम्भ गरेका हुन्।
कार्यक्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने अनुभव सेयर गर्दै आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता अपनाउन सुझाइन्।
‘हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ तर आयुर्वेदिक औषधीहरूले केही समय लिन्छ। यस्तो औषधीको लागि धैर्य राख्नुपर्छ’ अभिनेत्री मल्लले भनिन्।
त्यस्तै क्याप्टेन लामाले आयुर्वेद निकै पुरानो औषधी भएको र यसलाई विकल्पका रूपमा राख्न नहुने बताए। हस्पिटलका बरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेलले जम्मा १ सय रुपै“य“मा ओपीडी सेवा शुरू गरिएको जानकारी दिए।
प्रतिक्रिया