काठमाडौं ।
फिल्म निर्देशक विकास घले गुरुङद्वारा निखित नृत्यसम्बन्धी पुस्तक नृत्य तथा नाट्य अध्ययन नेपाल संगीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छाली, उपकुलपति शम्भु राई, नेपालका पहिलो नृत्य निर्देशक भैरवबहादुर थापा, प्राज्ञ बखतबहादुर हमाल, नृत्य अनुसन्धानकर्ता भावना कार्कीलगायतले संयुक्तरूपमा सार्वजनिक गरे।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाटै प्रकाशित पुस्तक बिटुजी सिद्धान्त प्रतिपादित रहेको छ। यो एकदमै व्यवसायिक नृत्यको सिद्धान्त हो। यसले नयाँ नृत्य निर्देशकलाई यस क्षेत्रमा अगाडि बढ्न सजिलो हुने लेखक गुरुङले दाबी गरे।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नृत्य विधालाई प्राज्ञिक र शैक्षिक प्रणालीस“ग जोडेर लैजान नृत्य तथा नाट्य अध्ययन पुस्तकले भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कुलपति राईले सबैभन्दा पुरानो संज्ञानात्मक विधा नृत्य भएको चर्चा गर्दै नेपाली नृत्य शास्त्रलाई मानवशास्त्रीय दृष्टिकोणले व्याख्या, पुनव्र्याख्यामार्फत् रैथानेकरण गर्न आवश्यक रहेको औँल्याए। त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीले लेखकले नृत्यलाई ललितकला विधासँग समेत जोडेर लेखेको भन्दै प्रशंसा गरे।
नेपालकै प्रथम नृत्य निर्देशक भैरवबहादुर थापाले पुर्ख्यौली व्याकरणलाई मात्र पछ्याएर किताब लेख्ने परम्पराबाट मुक्त हुन आवश्यक रहेको औंल्याउँदै बिटुजी नृत्य विधि अघि सारेर आफ्नो इथिक्ससहित पुस्तक लेखेकोमा प्रशंसा गरे।
नृृत्य अध्येता एवम् अनुसन्धाता भावाना कार्कीले विश्वविद्यालय तहमा रहेको नृत्यसम्बन्धी पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको अभावलाई गुरुङकृत पुस्तकले थोरै भए पनि पूर्ति गर्ने चर्चा गरिन्।
प्रज्ञा—प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखतबहादुर हमालले नृत्य विधा समग्र संस्कृति अभिव्यक्त हुने सम्पूर्ण माध्यम भएको चर्चा गर्दै नेपाली नृत्य क्षेत्रमा प्रस्तुत पुस्तकले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया