तबलावादक जाकिर हुसैनको निधन 


काठमाडौँ।

 भारतका दिग्गज तबलावादक जाकिर हुसैनको ७३ वर्षको उमेरमा  निधन भएको छ। हुसैनको सान फ्रान्सिस्कोको एक अस्पतालमा सोमबार  निधन भएको हो। 

पारिवारिक श्रोतका अनुसार उनी विगत दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए । उपचाररत अवस्थामै उनको स्वास्थ्य अवस्था झन्  बिग्रिएपछि उनलाई आईसीयूमा लगिएको थियो। आईसीयूमा उपचारकै क्रममा  उनको आज निधन भएको हो। 

 महान तबला वादक अल्लाह राखका जेठा छोरा जाकिर हुसेनले आफ्नो बुबाको पाइला पछ्याउँदै भारत र विश्वभर आफ्नो नाम कमाए। उनले आफ्नो संगीत करियरमा ४ वटा ग्रामी अवार्ड प्राप्त गरेका छन्।  जसमध्ये तीन यस वर्षको सुरुमा ६६ औं ग्रामी अवार्डमा प्राप्त भएका थिए।