काठमाडौं ।
नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा यस वर्ष पनि नेवार सुन्दरीहरूबीचको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता मिस नेवाः नेपाल हुने भएको छ।
१८औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपाल ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ। राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको विभिन्न क्षेत्रबाट ३ दर्जनभन्दा बढी नेवार सुन्दरीहरू सहभागी थिए।
मिस नेवाः नेपाल ११४५ को अडिसनसँगै नेवारहरूको चाड योमरी पुन्हीको अवसरमा त्यछिं त्य कार्यक्रम पनि सम्पन्न गरिएको छ। जसअन्र्तगत सहभागीहरूले योमरी बनाउने कला र विधि प्रदर्शन गरेका थिए।
फाइट फर लाइफ र नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व, काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको प्रमुख आतिथ्यता र मिस लिटिल नेवा ११४२ सुज्योति डंगोलको विशेष आतिथ्यतामा सम्पन्न अडिसनमा मिस नेवा ११४३ सकिना महर्जन, कोरियोग्राफर रोजिन शाक्य, नेपाल भाषा प्रशिक्षक राजु नापित, नेवा देय दबु चन्द्रागिरीका अध्यक्ष धनवीर महर्जन, गायिका सविना मानन्धर, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एलका पिआरओ इन चिफ लायन मनकृष्ण श्रेष्ठ र नेपाल लिपि प्रशिक्षक शान्त महर्जन निर्णायक रहेका थिए।
प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षण तथा मिस नेवाः कृषा महर्जन र सकिना महर्जनको संयोजनमा हुनेछ।
प्रतिक्रिया