काठमाडौं ।
निर्देशक वसन्त निरौलाले ज्वाईं साबपछि अर्को नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। निर्देशक निरौलाले भक्तपुरको सूर्य विनायकस्थित गणेस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै दशमी नामक फिल्म निर्माणको घोषणा गरेका हुन्।
रेड आई फिल्म्स् र रोमन फिल्म्स्को ब्यानरमा राजकुमार पण्डित, राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्यले निर्माण गर्ने फिल्ममा लेखन दिलीप रानाभाटको रहनेछ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्म आगामी नयाँ वर्ष २०८२ को दसैँको फूलपातीका दिन रिलिज गरिने निर्देशक निरौलाले जानकारी गराए।
प्रतिक्रिया