एजेन्डा नदिएर त्रिभुवन विश्वविद्यालय सभा गरेपछि त्रिविको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कारण साख मात्र गिरेको छैन, विवाद चुलिएको छ । सिनेट बैठकमा नियम मिचेर लापरबाही गरेपछि बैठकको औचित्यतामा समेत प्रश्न उठेको छ । त्रिविका सिनेटरले १५ दिनअगावै पाउनुपर्ने एजेन्डा बैठकमा मात्र उपलब्ध गराएका थिए । बैठकमै ऐजेन्डा दिएपछि सिनेटरले औचित्यतामाथि प्रश्न उठेको छ । तीन पदाधिकारीको दम्भ र सिनेटरलाई पेल्दै निर्णय गर्ने सोचका कारण त्रिविमा विवाद चर्किएको हो । बुधबार राति अचानक निर्णय गरी बिहीबार सिनेट बैठक बसेको थियो ।
त्रिविको इतिहासमा शायद पहिलोपटक बैठकमै एजेन्डा बाँडेको घटना कमै देखिएको छ । यसको कारण त्रिविको नीति पास गर्न बसेको सिनेटको बैठक कर्मकाण्डी भएको छ । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को (संशोधनसहित) २०५७ को नियम उल्लंघन गर्दै कानुन विपरीत नीति तथा कार्यक्रम र नियम संशोधन गर्न बैठक राखिएको थियो। वैठकअगावै त्रिविका पदाधिकारी र त्रिविसँग आबद्ध त्रिवि सभासदस्य (सिनेट) को बैठक राख्नुपर्ने व्यवस्था छ।
पदाधिकारीले त्रिविको कानुन उल्लंघन गर्दै जबरजस्ती बैठक राखेको थियो। यसले गर्दा सिनेट बैठक विवादरहति हुन सकेन।
नियमको परिच्छेद १७ को नियम ६६ को उपनियम ‘ख’ मा साधारण बैठक बस्ने दिनभन्दा कम्तीमा १५ दिनअगावै अध्यक्ष एवं कुलपतिको पूर्वस्वीकृत लिई बैठक बस्ने मिति, समय र स्थान निश्चित भएपछि सदस्य सचिव एवं रेक्टरले अध्यक्ष, उपाध्यक्ष र अन्य सबै सदस्यलाई छिटोछरितो सञ्चारको साधनद्वारा बैठकसम्बन्धी सूचना सभामा प्रस्तुत हुने कार्यावली र प्रस्ताव पठाउनुपर्ने व्यवस्था छ।
त्रिविको नियम ६२ अनुसार त्रिविमा वार्षिक दिवस, साधारण र विशेष बस्नुपर्ने व्यवस्था उल्लेख छ । सोही नियमको परिच्छेद ६३ को सभाको बैठक बस्ने अवस्थामा भएको व्यवस्थाअनुसार प्रत्येक सालको पुस मसान्त र असार मसान्तभित्र गर्नुपर्ने व्यवस्था उल्लेख छ । सोही नियममा असार शुक्ल नवमीको दिन विशेष बैठक बोलाउनुपर्ने व्यवस्था छ । त्रिविमा ४९ जना सिनेट सदस्य रहने व्यवस्था छ ।
तीन पार्टीका पदाधिकारीको तीनतिर मुख फर्किएको कारण त्रिविको सिनेट बैठकमा विवाद भएको थियो । ऐजेन्डाविहीन सिनेटको बैठक हुने सम्भावना रहेको सिनेटरहरुको आरोप छ। तीन पदाधिकारीले आफ्नो गल्ती ढाकछोप गर्न नियम विपरीत कुलपति र सहकुलपतिलाई साक्षी राखेर बैठक भएको छ। वर्षको दुईपटक बस्ने बैठकमध्ये यो नीति बैठक हो । बैठकले गरेको निर्णयमाथि सिनेटरले समेत प्रश्न उठाएका छन्। त्यसैले आगामी दिनमा यस्तो गल्ती नदोहोरियोस् भनी त्रिवि सचेत हुनै पर्छ।
प्रतिक्रिया