एजेन्सी ।
पपस्टार टेलर स्विफ्ट लगातार सन् २०२४ मा स्पोटिफाइमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी बनेकी छन्।
स्विफ्टले यो स्थान लगातार दोस्रो पटक हाँसिल गरेकी हुन्।
स्पोटिफाइले हालै संसारभर सबैभन्दा धेरै सुनिएका संगीतकर्मी र उनीहरूको गीत संगीतको सूची सार्वजनिक गरेको थियो। जसअनुसार स्विफ्ट यो वर्ष पनि पहिलो नम्बरमा परेकी हुन्।
स्पोटिफाइका अनुसार २६ दशमलब ६ बिलियन पटक स्विफ्टका गीत सुनिएको छ भने उनको पछिल्लो एल्बम द टर्चड पोएट्स डिपार्टमेन्ट यस वर्ष सर्वाधिक सुनिने एल्बम समेत बनेको छ।
स्विफ्टपछि स्पोटिफाइमा सर्वाधिक सुनिने संगीतकर्मीको दोस्रो स्थानमा द विकेन्ड, तेस्रोमा ब्याड बनि, चौथोमा ड्रेक, पाँचौंमा बिलि एलिस, छैटौंमा ट्राभिस स्कट, सातौंमा पेसो प्लुमा, आठौंमा कान्ये वेस्ट, नवौंमा एरियाना ग्रान्डे र दशौं स्थानमा फेड छन्।
स्पोटिफाइले सार्वजनिक गरेको सूचीअनुसार यस वर्ष उत्कृष्ट एल्बमको सूचीको पहिलो स्थानमा विश्वभर धेरै सुनिएका गीतको पहिलो नम्बरमा एस्प्रेस्सो, दोस्रो ब्युटिफुल थिंग्स, तेस्रोमा बर्ड्स अफ अ फिदर, चौथोमा गाटा वन्ली, पाँचौंमा लस कन्ट्रोल, छैठौंमा इन्ड अफ बिगिनिङ, सातौंमा टु स्विट, आठौंमा वन अफ द गल्र्स, नवौंमा क्रुल समर र दशौं स्थानमा डाइ विथ अ स्माइल बोलका गीत रहेका छन्।
त्यसैगरी विश्वभर धेरै सुनिएका एल्बममा टेलर स्विफ्टको द टर्चड पोएट्स डिपार्टमेन्ट पहिलो बन्दा दोस्रोमा बिलि एलिसको हिट मि हार्ड एन्ड सफ्ट, तेस्रोमा सबिना कार्पेन्टरको सर्ट एन्ड स्विट, चौथोमा थोमा कारोल जीको मान्ना सेरा बोनितो, पाँचौंमा चौमा एरियाना ग्राण्डेको इन्टर्नल सनसाइन, छैठौंमा टेलर स्विफ्टको १९८९ (टेलर स्विफ्ट भर्सन), सातौंमा एसजेडएको एसओस, आठौंमा टेलर स्विफ्टकै लभर, नवौंमा बेन्सन बुनको फायरबक्स एन्ड रोलर ब्लेड्स र दशौंमा द विकेन्डको स्टारब्वाय रहेका छन्।











प्रतिक्रिया