काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो। जसअनुसार आज सुनको मूल्य १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ।
सुन आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ। चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
प्रतिक्रिया