तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।