केटी हराएको सूचना अब माघमा


काठमाडौं ।

३२ वर्षअघिको लोकप्रिय टेलिसिरियल उजेलीका निर्देशक दीपेन्द्र गौचनद्वारा निर्देशित फिल्म मिसिङः केटी हराएको सूचना अब माघ ११ गते रिलिज हुने भएको छ।

यसअघि गत कार्तिक ३० गतेका लागि रिलिज डेट तोकेको निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एक–अर्कासँग अडिएर उभिएको तस्विर सार्वजनिक गर्दै नयाँ रिलिज डेट तोकेको हो। ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएकोे फिल्ममा स्क्रिफ्ट लेखन पनि निर्देशक गौचनकै रहेको छ।

नाजिर र सृष्टिस“गै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण, अमितेश शाहलगायतका कलाकारले अभिनय गरेको फिल्ममा नकिम उद्दिन कार्यकारी निर्माता, मनोहर दास मुल, अनिल राजभण्डारी, राजीव थापा, रोविन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता र अमितेश शाह सहायक निर्माता रहेका छन्।

दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेश शाहको सहायक लेखन तथा अमित पोखरेलको स्क्रिफ्ट सुपरभिजन रहेको फिल्ममा शंकर महर्जनको द्वन्द्व निर्देशन, दीपेन्द्र गौचन, अमितेश शाह र करुण थापाको शब्द रचना, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, राजीव कर्णको कोरियोग्राफी, अकी थेक्पाको कला निर्देशन, अमर महर्जनको छायांकन निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।