काठमाडौं ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माणाधीन फिल्म प्रेम गीताको छायांकन शूरू भएको छ।
राजेन्द्र बस्नेतको डेब्यू निर्देशनमा निर्माणाधीन फिल्मको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन शूरू भएको हो। निर्देशक बस्नेतले यसअघि फिल्म कम्पन र काउसो निर्माण गरेका थिए।
सुशील पोखरेल, जान्हवी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का, ममता माझीलगायतले अभिनय गर्ने फिल्म साजिद खानको प्रस्तुति तथा अयाज अलि खानको लगानीमा निर्माण हुन लागेको हो। निर्देशक बस्नेतका अनुसार काठमाडौं र काभ्रे आसपासमा २५ दिनको समय तालिकामा फिल्म छायांकन हुनेछ।
फिल्ममा मौनता श्रेष्ठको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व निर्देशन र रामेश्वर हुमागाईँको छायांकन रहनेछ।











प्रतिक्रिया