सरकारले आयुर्वेदलाई प्राथमिकता नदिएको गुनासो

1.88k
Shares

उदयपुर ।

कोशी प्रदेश सरकारले गरेको स्वास्थ्य संस्थाको वार्षिक समिक्षा कार्यक्रममा उदयपुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको छ ।

तर सरकारले जसरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ ठिक त्यसरी नै आयुर्वेद स्वास्थ्य केन्द्र पनि स्थापना गरेर सेवा गर्ने अवसर दिनु पर्नेमा सो नगरेको गुनासो आयुर्वेद स्वास्थ्य कर्मीहरुले गरेका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुर का प्रमुख डाक्टर सरोज कुमार विशालका अनुसार पालिकाको वडा स्तरमा आधारभूत स्वास्थ्य केन्द्र छ तर आयुर्वेद स्वास्थ्य केन्द्र भने जिल्ला भरीमा जम्मा ३ वटा रहेका छन् भने नागरिक आरोग्य सेवा केन्द्रहरु ३ वटा मात्र रहेका छन् ।

कोशी प्रदेशमा उदयपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रथम भएको जानकारी दिंदै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. विशालले मुल्यांकन विधिमा अनुगमन, निरीक्षण, बिरामीको तथ्यांक,कार्यक्रम कार्यान्वयन, मासिक प्रगति विवरण रिपोर्टिङ, कार्यालय व्यवस्थापन चुस्त दुरुस्त हुनु पर्ने, सरसफाई, सुशासनमा तोकिएको काम तथा अन्य मापदण्ड पुरा भए भएको हुनु पर्ने व्यवस्था रहेकोमा सो पुरा भएकोले उदयपुर पहिलो भएको बताए ।

त्रियुगा नगरपालिका वडा नं २ खैजनपुरकी ७८ वर्षकी वृद्धा नन्दकुमारी काफ्लेले आफू लामो समयदेखि ढाँड दुख्न, हड्डीे दुख्ने ,वाथको समस्याबाट पीडित भएको धेरै ठाउँमा उपचार गर्दा पनि ठीक नभएकोले यहाँ उपचार गर्दा हुन्छ कि भनेर आएको बताइन ।

यसैगरी त्रियुगा नगरपालिका ११ का ७२ वर्षका बिरामी जय बहादुर दाहालले आफु प्रोस्टेट, युरिक एसिड, दम्मा लगायतका रोगबाट पीडित भएकोले २ वर्षदेखि आयुर्वेद औषधालयमा आएर उपचार गराउँदा स्वास्थ्यमा धेरै सुधार भएको बताए । सेवा पनि प्रदान गर्ने गरेको र यसकालागि हेल्थ असिष्टेन्ट सरहको दरबन्दी रहेकोले नियमित रुपमा विरामीको जाँच हुने बताए ।

विगतको तुलनामा आयुर्वेद उपचारमा बिरामीहरुको संख्या बढेको जानकारी दिंदै यस औषधालयबाट आर्थिक वर्ष २०८०र०८१मा बहिरंग सेवा७५४६ जनालाई, होमियोप्याथी सेवा, पञ्चकर्म तथा पूर्व कर्म सेवा २७६०जनालाई,शल्य सेवा१६३४ जनालाई, प्याथोलोजी सेवा १५४२ जनालाई सेवा प्रदान गरिएको कार्यालय प्रमुख डा. विशालले बताए ।

यस्तै क्षारसुत्र सेवा ४४ जनालाई,जेष्ठनागरिक सेवा १२६०जनालाई, स्वस्थ्य जीवन सेवा १४३९जनालाइ अग्नि कर्म ७४१ जनालाई, योग सेवा ६९८ जनालाई,मात्रावसती तथ ागुदवस्ती सेवा २७ जनालाई उपलब्ध गराएको कायाृल्यलेजनाएको छ । स्तनपायी आमा सेवा,निःशुल्क फार्मेसी, सःशुल्क फार्मैसी समेर्त संचालनमा रहेको डा. विशालले बताएका छन ।
चालु आर्थिक वर्षको २०८१ साउनदेखि र्कािृक मसान्तसम्ममा जम्मा ३९१८जनाले सेवा पाएका छन् । जसमा ओपिडि सेवा २३२ट, जेष्ठनागरिक सेवा २९२, योग सेवा३२१ ज्ना, पञ्चकर्म तथा प’ण्य कर्म ९२३ जना र स्तनपायी आमा सेवा ५६ जनाले लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
जिल्लाका कटारी र लिम्पाटारमा रहेको आयुर्नेद सवास्थ्य केन्द्र र उदयपुरगढीको ६ नं वडाको नेपालटार, रौतामाईको ७ नं वडाको मुर्कुची र बेलका नपाको लालबजारमा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।