विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ७० प्रतिशत  उत्तीर्ण


काठमाडौँ। 

विशेषज्ञ चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिलले आज सञ्चालन गरेको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार यसपटकको विशेष परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । 

पुलचोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा बिहान ११ बजे देखि १ बजेसम्म भएको परीक्षामा चिकित्सा शिक्षा तर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सकहरू सहभागी थिए ।

काउन्सिल रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षाका लागि २५० जनाले फारम भरे पनि आज २४८ जना सहभागी भएका थिए । त्यसमध्ये १७५ जना उत्तीर्ण भएका छन् । एक जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।