कर्मचारीले बेरुजु आउने गरी काम गर्दैन भन्ने आट गरेर काम गर्नुपर्छ : मन्त्री यादव

1.79k
Shares

काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले कर्मचारीले बेरुजू आउने गरी कुनै पनि काम गर्दैन भन्ने आट गरेर काम गर्नु पर्ने बताउनु भएको छ ।
खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनामा आज विराटनगरमा आयोजित “सुशासन तथा वित्तीय अनुशासन सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी २०८१” को उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।


उहाँले भन्नुभयो, “अब काम गर्ने बेला आएको छ । कर्मचारीले बेरुजु हुँन दिदैन र बेरुजु हुने गरी काम गर्दैन भनेर दृढ सङ्कल्प राखेर एवं आट गरेर काम गर्नु पर्छ, हामी जनताको सपना बोकेर आएका हौँ,जनताको काममा ढिलाई नहोस ।”
यसैगरी मन्त्री यादवले कर्मचारीहरुले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन सक्नु पर्ने तथा बेरुजु फर्छ्यौट र सम्मपरिक्षणको लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्मपरिक्षणको लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन अवश्यक छ ।”


बजेट निर्माणको खाका कोर्ने समसयमा संघ, प्रदेश र स्थानीय तहबाट योजनाहरुका विषयमा माग आउने भएकाले एउटै बजेट तीनै तहबाट आउँदा रातो किताबमा पनि एउटै बजेट तीन तहमा पर्दा डुब्लिकेशन हुने भएकाले बजेट निर्माणका समयमा सल्लाह गरेर मात्रै निर्माण गरिनु पर्ने मन्त्री यादवको भनाई थियो ।


सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले आफु बोलीको पक्का भएकाले आफुले बोलेका कुराहरु पुरा गरेर छाड्ने गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “म मन्त्री रहुँ या नरहुँ म बोलीको पक्का मान्छे हुँ, अरु राजनिती गर्ने जस्तो म होइन, मैले जे बोल्छु त्यो गर्छु । तपाईहरु योजनाका विषयमा चाडो लेखेर पठाउनुस्, तपाईको मागको सम्बोधन मैले गर्छु ।”


देश, राष्ट्र, राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नु पर्ने मन्त्री यादवको भनाई थियो । सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्रालयका सचिव ई प्रमिलादेबि शाक्य बज्रचार्यले बेरुजु फर्छ्यौटको लागि कागजात राम्रोसँग हेरेर छिटो पठाईदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “कागजात राम्रोसँग हेरेर पाठउनु होला । आयोजनाको दोहोरोपना हटाउने गरि कार्य गर्नुहोला ।” सोही कार्यक्रममा बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले बेरुजु र भष्टाचार फरक कुरा भएकाले बेरुजु फर्छ्यौट गर्न सकिने हुँदा संघीय कार्यलय र प्रदेश डिभिजन कार्यलयको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “हामीले सकेसम्म बेरुजु नहुने गरि कार्य गर्नु पर्छ । भएका बेरुजु फरफारक गरि दीगो विकासको लक्ष्य र संविधानले प्रत्याभूत गरे अनुरुपको खानेपानी तथा सरसफाईको सेवा प्रदान गर्नु हाम्रो प्रमुख कर्तव्य हो ।”