सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज  सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५  रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने १ हजार ८८० रुपैयाँ पुगेको छ ।