फिल्म फेयर ओटीटी अवार्डसमा मनीषा सर्वोत्कृष्ट



एजेन्सी ।

हालै मुम्बईमा सम्पन्न पाचौँ फिल्म फेयर ओटीटी अवार्डस्मा नेपाली चेली एवम् बलिउड अभिनेत्री मनीषा कोइरालाले वेब सिरिज हिरामण्डीबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी छिन्।

खो गए हमबाट अर्जून वरैन सिंहलाई विशेष सम्मान प्रदान गरिएको समारोहमा ओटीटी फिल्म अमरसिंह चमकिलाले सर्वोत्कृष्ट फिल्म, कथा, पटकथा र संवादको अवार्ड चुम्दा सोही फिल्मबाट ईम्तियाज अलिले निर्देशक र दिलजित दोसाँझले अभिनेता, एआर रहमानले पाश्र्व संगीत र गीत, सिल्वेस्टर फोसीन्काले छायाँकार र आरती बजाजले सम्पादन गरी सर्वाधिक १० अवार्ड चुमेकोे छ।

नन फिक्शन फिल्मतर्फ द हन्ट फर विरप्पन उत्कृष्ट भएको छ भने जाने जानबाट अभिनेत्री करिना कपुरले वेब ओरिजिनल फिल्म महिला कलाकारको अवार्ड चुमेकी छिन्। द रेलवे म्यान सर्वोत्कृष्ट सिरिज र यसै सिरिजबाट शिव रवैलले नव निर्देशक, कालापानीबाट समीर सक्सेना र अमित खोलानीले निर्देशक एवं विश्वपति सरकारले कहानी, स्क्याम : द तेलगी स्टोरीबाट गगन देव रियारले अभिनेता, गन्स एण्ड रोजेजबाट राजकुमार रावल हास्य अभिनेता र सुमित अरोडाले संवाद, गुल्लक सिजन ४ बाट गीताञ्जली कुलकर्णीले हास्य अभिनेत्री, पञ्चायत सजन ५ बाट फैसल मलिकले हास्य सह अभिनेता, कमेडी सिरिज मामला लिगल हेले र यसैबाट निधि विष्टले हास्य सह अभिनेत्री, महाराजबाट जयदीप अहलावतले सह अभिनेता, मेड इन हेभन सिजन २ बाट मोना सिंह र खुफियाबाट वामिक गब्बीले सहायक अभिनेत्री र द आरचिजबाट सुजैन कैपलान मेरवानजीले प्रोडक्शन डिजाइनरको अवार्ड चुमे ।

त्यस्तै खो गए हम कहाँबाट अर्जून वरैन सिंहले नव निर्देशकको अवार्ड चुम्दा जोया अख्तर अर्जुन वरैन र रीमा कागतीले कहानी तथा वेदाङ्ग रैनाले नव अभिनेताको अवार्ड चुमे। क्रिटिक्स अवार्डतर्फ भने जाने जान सर्वोत्कृष्ट फिल्म, जयदीप अहलावत अभिनेता र अनन्या पाण्डेले अभिनेत्रीको अवार्ड चुमे।

रगन एण्ड रोजजे सर्वोत्कृष्ट सिरिज बन्दा मुम्बई डायरिज ३ ले निर्देशक, बाम्बे मेरी जानबाट केके मेननले अभिनेता र महारानी सिजन ३ बाट हुमा कुरौशीले अभिनेत्रीको अवार्ड चुमे।