नीर शाहलाई संगीत पुरस्कार


हेटौंडा ।

हेटौंडाबाट प्रदान गरिँदै आएको यस वर्षको बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार लोकप्रिय कलाकार, गीतकार तथा फिल्मकर्मी नीर शाहलाई प्रदान गरिने भएको छ।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरेर यस वर्षको सो पुरस्कार शाहलाई प्रदान गरिने जानकारी गराएको हो। प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले १ लाख राशिको पुरस्कार शाहलाई प्रदान गरिने निर्णय भएको जानकारी गराए। व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालदेखि पुरस्कार रकम प्रायोजन गर्दै आएका छन्।

फिल्म निर्माण, निर्देशन, अभिनय र गीत लेखनमा समर्पित शाहले २०३२ सालदेखि निरन्तर नेपाली कलामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यो पुरस्कारबाट पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले आगामी माघ १५ गते हेटौैडामा एक विशेष समारोह आयोजना गरी शाहलाई पुरस्कार समर्पण गरिने जनाएको छ।

शाह नेपालको राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनको संस्थापक पनि हुन्। २०२४ सालमा हिरासिंह खत्री निर्देशित फिल्म परिवर्तनबाट अभिनय यात्रा शुरु गरेका शाहले कुसुमे रुमाल, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउ“दोको सिन्दूर, गौैै“थली, जीवनसाथी, बाचाबन्धन, मुनामदन, सानो संसार, किस्मतलगायतका दर्जनौं फिल्ममा अभिनय गरेका छन्। करिब ३ सय फिल्ममा अभिनय गरिसकेका उनले ७ सय रुपिया“बाट अभिनय यात्रा शुरु गरेका थिए। शाहले लेखेका सयौं गीत लोकप्रिय छन्।

२०६४ सालमा अम्बर गुरुङलाई पुरस्कृत गरेर शुरु भएको बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट क्रमशः चेतन कार्की, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन्।