एजेन्सी ।
बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको घरमा हालै भारतिय प्रवर्तन निर्देशालय (ईडी) ले छापा मारेको छ।
शिल्पाका पति राज केहि वर्षदेखि प्रोनोग्राफीको मामलामा मुछिएका छन्।
सोही मामलामा ईडीले उनीहरुको घरमा खान्तलाशी गरेको हो । यहि मामलामा राजलाई सोधपुछका लागि सोमबार ईडीको कार्यालयमा बोलाएका छ।
शिल्पाका वकिलले भने राजको मुद्धामा शिल्पाको संलग्नत नरहेको भन्दै उनको नाम, फोटो वा भिडियो प्रयोग नगर्न अनुरोध गरेका छन्। यस मामलामा शिल्पाको नाम जोडिएपछि राजले पनि आक्रोशित हुँदै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्ट्याटस लेखेर श्रीमतीको नाम बारम्बार नजोड्न भनेका छन्।
‘मिडिया नोट गर्नुहोस्, मेरो श्रीमतीको नाम यस विषयमा बारम्बार तान्नु, जुनसँग उनको कुनै सरोकार छैन, त्यो अस्वीकार्य छ। कृपया सीमाको सम्मान गर्नुहोस्’ उनले स्ट्याटस लेख्दै भनेका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार उनीहरुको घरपछि अफिसमा समेत छापा मारिएको थियो। उनीहरुको घर र अफिसपछि राजसँगै काम गर्ने व्यक्तिहरु र अन्य १५ ठाउँमा छापा मारेपछि मोबाइल एप्लिकेशन र अन्य माध्यमबाट पोर्नोग्राफीको आयात निर्यात हुने पत्ता लागेको छ।
सन् २०२१ जुलाईमा राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेर जमानतमा छुटेका थिए। सो समयमा उनीमाथि उनको स्वामित्व रहेको मोबाईल एप्लिकेशन हटशटमार्फत गुगल र एप्पलमा पोर्न सामग्री उपलब्ध गराएको आरोप लागेको थियो। उनी पक्राउपछि सो एप गायब भएको थियो।
राजमाथि ईडीले केहि समयअघि सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पिएमएलए) २००२ अन्तर्गत लगभग ९७ करोड ७९ लाख भारूको सम्पत्ति जफत गरेको थियो। जसमा शिल्पा र राजको एक घर पनि रहेको छ।
सन् २००९ मा बिवाह बन्धनमा बाँधिएका राज र शिल्पाको एक छोरा र एक छोरी छन्। राजमाथि पोनोग्राफीको मुद्धा जोडिएपछि भारतिय सञ्चार माध्यमले शिल्पालाई पनि राजसँगै जोडेर विभिन्न खालका गसिप तथा समाचार पस्कँदै आएका छन्।
प्रतिक्रिया