काठमाडौं ।
टेक विसीको स्वरमा तिम्रै दर्शन बोलको गीत सार्वजनिक भएको छ। टेकलाई गायनमा अस्मिता जुरेलीले .साथ दिएको गीत भिडियोसहित सार्वजनिक भएको हो।
हरिभक्त बुढाथोकीको शब्द रचना, भीम विसीको संगीत, रिकेश गुरुङको एरेञ्जमेन्ट र कुमार रानाको मिक्सिङर माष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी छ।
गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने भाव व्यक्त गरिएको छ। प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानले अभिनय गरेका छन्।











प्रतिक्रिया