शिवको स्वरमा अझै धर्म लाग्छ


काठमाडौं ।

गायक शिव परियारद्वारा स्वरवद्व तिमीलाई अझै धर्म लाग्छ बोलको भाव प्रधान गीत रिलिज भएको छ। जीएम दिपु दिपेन्द्र युटुव च्यानलबाट रिलिज गरिएको गीतमा मोडल अनुपजंग थापा (विचित्र) र नायिका आश्मा गिरीले अभिनय गरेका छन्।

आष्मा र अनुपलाई अभिनयमा लिजन बराईली र श्रीजन सुनारले बाल कलाकारका रुपमा साथ दिएका छन्। प्रेमीबीच माया प्रेम र शंकाले जीवनमा पार्ने उतार त्रिसा केसीको निर्देशनमा बनेको गीतमा जीएम दिपु दिपेन्द्रको शब्द रचना, राजकुमार बगरको संगीत, मिक्सिङ र मास्टरिङ, मुकुश हुमागाँई र टिमको छायांकन, मिन रावलको सम्पादन र कलरिङ रहेको छ।