एजेन्सी ।
फिल्मको रंगिन दुनियामा काम गरेर नाम र दाम कमाउने अनि सफलता हासिल गर्ने चाहना बोकेर वर्षेनी कयौं कलाकार प्रवेश गर्छन्। काम गर्ने क्रममा उनीहरूले सुखमात्र नभई दुःख र कठिनाइको पल पनि सामना गर्नुपर्ने हुन्छ।
हालै बलिउड अभिनेत्री सयानी गुप्ताले आफूले काम गर्ने क्रममा भोग्नुपरेको समस्याबारे खुलासा गरेकी छन्। बलिउड सञ्चार माध्यम दैनिक भाष्करसँगको कुराकानीमा उनले आफ्नै सहकर्मीले नकरात्मक फाइदा उठाएको बताएकी छन्।
सयानीले फिल्म सुटिङका क्रममा सुटिङ सकिएपछि पनि आफूसँग काम गर्ने एक अभिनेताले आफ्नो शरीरको फाइदा उठाएको बताएकी हुन्।
‘बोल्ड तथा इन्टिमेट सिन गर्ने बेलामा महिला कलाकारले निकै कठिनाइ खेप्नुपर्ने हुन्छ। कहिलकाहीँ त यस्तोसम्म हुन्छ कि डाइरेक्टरले कट गरिसक्दा पनि हिरो बोल्ड सिनको फाइदा उठाइरहेका हुन्छन्। मलाई पनि यस्तै भएका थियो। जब म एकपटक इन्टिमेट सिन गरिरहेको थिएँ। डाइरेक्टरले कट भनिसक्दा पनि अभिनेताले भने मलाई चुम्बन गरिरहेका थिए,’ उनले खुलासा गरेकी छन्।
उनले अभिनेताहरूले यस्तो बानी सुधार्नुपर्ने र महिला कलाकारका लागि सहज वातावरण निर्माण गर्नुपर्ने बताएकी छन्। सायनाले अर्को एक किस्सा सेयर गर्दै सुटिङको दौरान महिलालाई छोटा कपडा लगाउनुपर्ने र सो कुराले असहज महसुस् हुनेसमेत बताएकी छन्।
‘एकपटक सुटिङको दौरानमा आठ सय मानिस थिए। मैले छोटा कपडा लगाएकी थिएँ। त्योबेला मलाई निकै असहज भएकाले आफूसँग एउटा सलको जरुरत महसुस गरेकी थिएँ,’ उनले स्मरण गरेकी छन्।
सायनिल सन् २०१२ मा फिल्मी दुनियामा प्रवेश गरेकी हुन्। त्यसयता अधिकांश फिल्ममा सपोटिङ रोलमा देखिएकी उनी मोडलिङमा समेत ब्यस्त छिन्।
प्रतिक्रिया