हरिराम जोशी, एक जीवित विश्वकोष

470
Shares

जोशी नेपालको संस्कृति र इतिहासलाई फरक धारबाट हेर्नुहुन्छ । शूरूमा नकारात्मक लागे पनि सन्देह एवं प्रश्नले तथ्य र सत्यबाहिर ल्याउने गर्दछ । संस्कृतिको क्षेत्रमा यो धारको खाँचोको विषयमा जोशीले सधैँ औल्याउँदै आउनुभएको छ।

दशकौँ लगाएर धर्म, संस्कृति र इतिहास सम्बन्धी तीन÷तीन वटा विश्वकोष लेखेका संस्कृति शिरोमणि हरिराम जोशी संस्कृति, इतिहासका अध्येताहरूको निम्ति एक जीवित संस्कृति विश्वकोष सरह हुन् ।

प्रदीप अभिनव संस्कृति विश्वकोष, अभिनव वेदादी कोष र अभिनव कोष गरी तीन वटा विश्वकोष धर्म, संस्कृति र इतिहास सम्बन्धी जोशीका बहुचर्चित ग्रन्थ हुन् । तीन वटा विश्वकोष मध्ये ६ सय ५ पृष्ठको अभिनव कोषको लागि संस्कृति शिरोमणि जोशीले २०५९ सालको मदन पुरस्कार पाउनुभएको थियो । त्यस बाहेक नेपालको इतिहास, अभिलेख, संस्कृति, पुरातत्व धर्म तथा जनजीवनको क्षेत्रमा विशद् खोज तथा अनुसन्धान सम्बन्धी जोशीका ३५ वटा पुस्तकहरू प्रकाशित छन्।

विगत सात दशकदेखि अनवरत रूपमा नेपाली संस्कृतिका इतिहास, अभिलेख, मुद्रा, ग्रन्थ, शब्दकोष, संस्कार, चाडपर्व, धर्म, देवीदेवता लगायत कलाको विषयमा खोज गर्दै जोशीले विभिन्न ग्रन्थ मार्फत् त्यसलाई जनसमक्ष राख्दै आउनुभएको छ । उहा“को प्रतिभा र कामलाई बुझ्ने केही बुद्धिजीवी र इतिहास र संस्कृतिका खोजकर्ताहरू उहा“को घरमा पुग्छन् । त्यसो त जोशीका फरक धारका विचार सुन्न र नेपालको संस्कृति र इतिहासलाई फरक कोणबाट बुझ्न दुई चार अध्येताहरू उहा“को घर दैलोमा नपुगेको दिन हु“दैन । विद्यावारिधिका विषय छान्न, फेला परेका कुनै मूर्तिका बारे जान्न, कुनै चाडपर्वबारे बुझ्न, संस्कृति र इतिहासका शिक्षक, विद्यार्थी जोशीलाई भेट्न पुगिरहेकै हुन्छन् ।

इतिहासकार स्वतन्त्र हुनुपर्छ । इतिहास पक्षपातरहित हुनुपर्छ भन्ने मान्यतामा इतिहासलाई पढ्न र लेख्न रुचाउने यिनी इतिहासले विश्वलाई सही बाटो प्रदर्शन गर्नुपर्छ भन्नेमा जोड दिनुहुन्छ । शुरूदेखि अनुसन्धानमा संलग्न यिनका महत्वपूर्ण कार्यहरू भनेको अनुसन्धान गर्दै इतिहास र संस्कृतिको खोजी गर्नु नै हो।

इतिहास, संस्कृति र पुरातत्वबारे फरक धार राख्नेहरूलाई यस क्षेत्रका विज्ञ र विद्वान्हरूले टिक्न नदिने उहा“को अनुभव छ । यिनै फरक धारका कारण जोशी सीमान्तकृत संस्कृतिविद्को सूचीमा पर्छन् । जोशीले भन्नुभयो, – ‘ हाम्रा इतिहास, संस्कृति र सम्पदाका क्षेत्रमा वर्चस्व जमाएका केही व्यक्तित्वहरूले संस्कृति, सम्पदा र संस्कारको विषयमा फरक कोणबाट सोच्ने छुट कसैलाई दिएका छैनन् ।’ यता फरक धारको बोली फुट्यो, उता इतिहास र अभिलेखका पाना च्यातेर प्रहार हुन थालिहाल्छ । जोशीका अनुसार नेपालको इतिहास र संस्कृतिका विषयमा नया“ खोज र अनुसन्धान हुन नसक्नुको प्रमुख बाधक फरक विचार नस्वीकार्नु ठान्नुहुन्छ ।

‘ इतिहास र संस्कृतिका विषयमा पढिने र पढाइने हरेक कुरामा किन?, कसरी? भन्ने खुल्दुली राखिएन भने नया“ कुरा भेटि“दैन । राजा महाराजाहरूको आदेशमा लेखाइएको शिलालेख मात्रै इतिहास हो र ? यिनलाई मात्र इतिहासका प्रमाण मान्ने परम्पराकै कारण हामी नेपालको इतिहास र संस्कृतिका वास्तविक ऐतिहासिक तथ्यहरूबाट निकै पछाडि छौँ ।’ जोशीले भन्नुभयो । यसै मान्यता अनुरूप सत्यमा आधारित प्राचीन इतिहास तथा संस्कृतिलाई उजागर गर्ने उद्देश्य बनाई जोशीले आफनै सक्रियतामा जोशी रिसर्च इन्ष्टिच्युट नामक संस्था ३६ औं वर्षअगाडि स्थापना गर्नुभएको थियो । यस संस्थाबाट नै ३६ वर्ष अगाडि रोलम्ब नामक अनुसन्धानात्मक त्रैमासिक अङ्ग्रेजी जर्नलका रुपमा प्रकाशित गराउ“दै यस पत्रिकाको सम्पादनमा जोशी खटिनुभएको थियो । यिनीबाट भएका अध्ययन, अनुसन्धान, खोजी र लेखनमा भएको ठोस कार्यहरू भनेको प्राचीन अभिलेख, प्राचीन मुद्रा ग्रन्थपुष्पिका, धर्म, संस्कृति, इतिहास, कोष आदि विषयका अनेकौँ महत्वपूर्ण ग्रन्थहरू तयार भएको थियो ।

कम्युनिस्ट विचारको प्रभाव, पारिवारिक स्कुलिङले पनि जोशीलाई सत्य, न्याय र समानताको पथमा अविचलित भई लाग्नुपर्ने छाप परेको थियो । राजनीतिक यात्रा छाडेको धेरै भएपनि उहा“को व्यक्तित्वमा यसको प्रभाव यत्रतत्र देखिन्छ । जोशी २००७ सालको क्रान्तिताका पिता भागीरथरामको सहमति लिएर दाजु केशवरामसहित नेपाल कम्युनिस्ट पार्टीमा लाग्नुभएको थियो । नेकपाको प्लेनम र सेमिनार अक्सर उहा“कै घरमा हुन्थ्यो । जोशीकै परिवारले धेरै कम्युनिस्ट नेताको गा“स–बास–कपासको व्यवस्था गर्नुपथ्र्यो । पुष्पलाल, मनमोहन अधिकारी, निरञ्जन गोविन्द वैद्य, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, नरबहादुर कर्माचार्य, शैलेन्द्रकुमार उपाध्याय, केशरजंग रायमाझी, साधना–साहनादेखि डीपी अधिकारी, धनुषचन्द्र गौतम, कलमराज रेग्मी, अरविन्द रिमाल, भारतीय नेता गिरीश जोशीसम्मको जमघट उहा“कै घरमा हुन्थ्यो ।

रुसी नेता खुस्चेभले स्टालिनलाई देहान्तसँगै तानाशाह करार गरेपछि उहा“को कम्युनिस्टहरुको राजनीतिप्रति मोह भङ्ग भएको थियो । बा“चुन्जेल महान्, मरेपछि गद्दार ? व्यक्तिपूजा र निन्दा, क्रान्ति र प्रतिक्रान्ति, घात र प्रतिघातको शृंखलाबाट जोशीलाई वाक्कदिक्क भएको थियो । त्यसैले २०१२ सालमा कम्युनिस्ट पार्टी मात्र होइन, राजनीतिक यात्रा नै छोड्नुभएको थियो । राजनीतिक त्याग गरेपनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक मध्ये निरञ्जन गोविन्द वैद्यका भाञ्जा समेत रहेका जोशीले मामाबाट सिकेको मानवताको भावना, समानता र न्यायको भावनालाई भने साहित्य र संस्कृति सँगै अघि बढाइरहनुभएको छ।

संस्कृति विषयमा स्नातकोत्तर उत्तीर्र्ण गरेका जोशीले २८ वर्षसम्म विभिन्न सरकारी सेवामा कार्य गर्नुुभयो । उहा“को सेवा क्ष्ँेत्र नेपाल म्युजियम र रक्षा मन्त्रालय रहेको थियो । जागिरे जीवनबाट अवकास प्राप्त भइसकेपछि उहाँ“ संस्कृतिको खोजीमा निरन्तर लागिरहनुभयो । पुस्तकहरूको अध्ययन गर्ने, टिपोट बनाउने र लेख्ने कार्य नै यिनका जीवनकालका लागि महत्वपूर्ण कार्य भयो ।

जोशीलाई नजिकबाट बुझ्नेहरुको भनाईमा जोशी ‘कालो बादलले ढाकेको चन्द्रमा’ झैँ हुनुहुन्छ ।’ जोशीको व्यक्तित्व र योगदान धेरैलाई जानकारी नहुनु इतिहास, संस्कृतिका अध्येताहरूले शूरूदेखि नै खट्किएको विषयका रूपमा लिएका छन् । जोशीको कृतित्व नेपालका नाम चलेका र समाजले विशेष स्थान दिएका अरू व्यक्तित्वको तुलनामा कुनै कमी नभएपनि उहा“को विषयमा धेरैलाई थाहा नहुनु, चर्चा र परिचर्चा नहुनुलाई एउटा खट्किएको विषयका रूपमा लिएको जोशीका विद्यार्थी सौभाग्य प्रधानाड्डले बताउनुभयो । हाल पुरातत्व विभागका महानिर्देशक समेत रहेका प्रधानाड्डले भन्नुभयो, – ‘ जोशीको विषयमा चर्चा गर्दै जा“दा सहज र स्वाभाविक रूपमा सबैले केही वर्ष अघिसम्म त्यही प्रश्न धेरैले दोहो¥याउने गर्थे । तर अहिले उहा“को चर्चा भने व्यापक हुँदै गएको छ ।’

राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, इतिहासकार ज्ञानमणि नेपालको चर्चा र परिचर्चा सुनेका जो कोहीले पनि हरिराम जोशीको परिचय पाउने जोशीको व्यक्तित्व कसरी ओझेलमा परेको भनेर सोध्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, – ‘ बौद्धिक खोज, अनुसन्धान, त्यसको चर्चा भनेको फरक फरक विषय हुन् । यसमा स्वयं जोशीको उत्तरले थप प्रस्ट्याउँछ । जोशीको योगदान बारे किन खासै चर्चा नभएको भएको भन्ने जिज्ञासामा संस्कृति शिरोमणि जोशीले भन्नुभयो, – ‘ मेरो काम संस्कृति सम्बन्धी शोधखोज गर्ने हो । यसैमा मलाई आनन्द छ । फेरि मेरो बारे चर्चा किन नगरेको भनेर समाजलाई सोध्ने कुरो पनि भएन । यस्तो उत्तर मैले दिने नै पनि होइन । चर्चा र परिचर्चासँग मेरो खास मतलब पनि छैन।’

‘ उहाँको योगदान र व्यक्तित्वको विषयमा राज्य र समाजको जुन स्वरूप र स्तरमा ध्यान जानुपर्ने हो, त्यो हिसाबले गएको छैन ।’ घरमा हालै भेट्न आएका पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्नुभयो,– ‘ जीवनका सारा वसन्तहरूलाई बिच्छयाएर दिनरात, महिना, वर्षहरू, संस्कृति र इतिहासको खोजमा बिताउने हरिराम जोशीलाई राज्यले चिन्नुपर्दछ । समाजले चिन्नुपर्दछ ।’

जोशीको बौद्धिक कर्मलाई नजिकबाट नियाल्दै आउनुभएका स्थानीय संस्कृतिका अध्येता राजेश बज्राचार्यले भन्नुभयो, – ‘ राष्ट्रकवि माधव घिमिरे, इतिहासकार ज्ञानमणि नेपाल, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चर्चा परिचर्चा सुनेका जो कोहीले जोशीलाई व्यक्तित्व गुमनाम व्यक्तित्वका रुपमा लिन्छन् । जोशीको चर्चा अपेक्षाकृत नभएको भन्ने सर्वसाधारणको अनुभूतिको पछाडि सम्बद्ध संस्था, समाज, राज्य र सञ्चारमाध्यमको भूमिकालाई हेर्नुपर्ने हुन्छ । तर जोशीको व्यक्तित्व र कृतित्व नियाल्दै जा“दा उहाँको जीवन र कृतिको गज्जबको तथ्य भेटिन्छ ।’

प्राचीन नेपाल, नेपाली संस्कृति, नेपालको प्रँचीन अभिलेख, उत्तरप्राचीनकालीन मुद्रा, हाम्रो संस्कृति, मध्यकालीन अभिलेख, हिन्दू देवीदेवता, नेपालका चाडपर्व, मेडिएभल कोलोपोफोन्स, पेजेज अफ द फर्गटन पास्ट जोशीका बहुचर्चित तथा गहन महत्वका ग्रन्थहरू हुन् । इतिहास–संस्कृति, भाषा–साहित्य, वेद–वेदाड्ड एवम् हिन्दु पुराणका अनेकौँ विषयमाथि विहड्डम दृष्टिका साथ जोशीले गहन रूपमा खोज र अनुसन्धान गर्नुभएको छ।

नेवाः समाज सांस्कृतिक रूपमा निकै धनी समुदाय हो, तर वर्तमान समाजले यी संस्कृति र संस्कारलाई चलिआएको रीतका रूपमा मात्र बुझ्दा लोप हुने क्रम बढेको छ । यसको महत्व नबुझाएसम्म यो लोप हुने क्रम रोक्न सकिंदैन भन्ने जोशीको भनाई रहेको छ।

संस्कृतिविद् जोशीको वृद्ध शरीर थाके पनि मन थाकेको छैन । गत मंगलबार ८८ वर्ष ८ महिना र ८ दिन पुगेको अवसरमा नेवाः परम्परा अनुसार तेस्रो जमक्व गरिसकेपछि जोशीको उत्साह झन् बढ्दो छ । वैदिक मान्यता र कथनले मानिसको धोको सय वर्षसम्म बा“च्ने रहेको हुन्छ । सय वर्षसम्म बा“च्ने ऊर्जालाई जागृत बनाइराख्न विभिन्न खुड्किलो पार गर्नुपर्दछ । नेवाः समुदायको हिन्दु र बौद्धहरुमा प्रचलित जमक्वको संस्कार बचाउने ऊर्जा बलियो बनाउने खुड्किलो रहेको उल्लेख गर्दै जोशीले भन्नुभयो, – ‘ तेस्रो जमक्वः सम्म बा“चिसके । यो उत्साह र खुशीको विषय हो । ’बौद्धिक रूपमा उहाँ नयाँ पुस्ताका कोहीभन्दा कम देखिदैनन ।इतिहास र संस्कृतिका नयाँ पुराना तथ्य नियमित अध्ययन गरिरहनुभएको छ ।