
विद्यागारका रूपमा विख्यात मिथिला भूखण्डमा साहित्य, संगीत, चित्रकला, मूर्तिकला, हस्तकलाजन्य कौशलहरू अद्यापि जनजीवनको अङ्ग बनेर अस्तित्ववान् छन् । यस्ता परम्पराको मूलमा रहेको छ — लोककल्याणकारी भावना । जनकल्याणका निम्ति राजर्षि जनकले हलो जोतेको दृष्टान्तका साथ जाज्वल्यमान मिथिला माटो र मानवप्रतिको निष्ठाका कारण युगौँदेखि पवित्र एवं उर्वर रही आएको छ । मिथिलाको माटो मात्र नभई विचार समेत उदार, उत्रत र उत्पादनशील छन् । मिथिलामा लिखित सात सय वर्ष पुरानो ग्रन्थ ‘पुरुष–परीक्षा’ त्यस्ता पुरुषलाई “श्रेष्ठ र दयालु भनिएको छ, जो सम्पूर्ण प्राणीको उपकार गर्दछ ।” परोपकारलाई पुरुष/मानवकोे सर्वोत्तम गुण भनिएको उपर्युक्त पङ्क्ति त्यस ग्रन्थका लेखक महाकवि विद्यापतिको सद्विचार मात्र होइन, सांस्कृतिक सम्पदाको भण्डार— मिथिलाको मुख्य संस्कार पनि हो ।
विद्याव्यसनी मैथिल जनमानस
‘विद्या धनं सर्वधन प्रधानम्’ भत्रे उक्तिलाई मिथिलामा सधैँ मूलमन्त्र मानियो । यस मन्त्रप्रति चिरआस्थावान मैथिलहरूले विद्याव्यसनबाटै आफ्नो परम्परागत सभ्यता र संस्कृति जोगाउँदै आएका छन् । ‘मिथिला सौरभम् – सस्तव मुक्तकम्’ मा लेखिएको छ— “महा–महिमाशाली क्षीर सागरले देव र दानवबाट मथिएर औंलामा गत्र सकिने रत्नहरूको उत्पत्ति ग¥यो, तर मिथिला–भूमिले स्वत्व–गुणसम्पत्र उदार विचारका असंख्य विद्वान् रत्नहरू जन्माएको छ ।” वैदिक कालदेखि नै मिथिला, संस्कृति र ज्ञान–विज्ञानका दृष्टिले उत्कर्षमा थियो । जनक, याज्ञवल्क्य, अष्टावक्र, गौतम, महर्षि निमि जस्ता योगीश्वरहरूको तपोभूमि तथा वाचस्पति, भारती, मण्डन, उदयन, गङ्गेश, गार्गी, मैत्रेयी, ज्योतिरीश्वर, विद्यापति जस्ता विद्वान्–विदूषीहरूको जन्मभूमि मिथिलामा सीता, सावित्री जस्ता नारी–रत्नहरूको पनि अवतरण भएको छ ।
मिथिलाको विशेषता भत्रु नै ज्ञान र विद्याको सुदीर्घ परम्परा हो । मिथिला भूखण्ड भारतमा बिहार र नेपालमा मधेश बन्दै गएपछि भलै यहाँको शैक्षणिक ओज र आभा धूमिल भएको होस्, तर यहाँ शिक्षाको वीजतत्व अझै उन्नत र जीवन्त रहेको छ । त्यसैले अव्यवस्थाका कारण संयन्त्रहरू धराशायी भए तापनि मिथिला क्षेत्रबाट चम्किला व्यक्तित्वहरूको उत्पादन अविच्छिन्न भइरह्यो । अहिले पनि यहाँ विद्यादानलाई महादान भनिन्छ । केही दशकअघिसम्म गाँउ–ठाँउमा शिक्षा सर्वसुलभ नभइञ्जेल मैथिल विद्यार्थीहरू टा–टाढाका गाँउमा आफन्तहरूका घरमा बसेर विद्याध्ययन गर्दथे । विद्यादानको पूण्यप्राप्तिको अभिलाषामा अधिकांश घरमूली त्यसबापतको शुल्कबारे निरपेक्ष रहन्थे ।
स्वावलम्बन र सहअस्तित्वको परम्परा
मिथिलाका ११ वटा पर्यायवाची नामहरू रहेका छन्— विदेहभूमि, जानकी जन्मभूमि, तिरहुत, शाम्भवी, तपोवन, स्वर्णलांगल, व्रिmयापीठ, विश्वभाविनी, वृहदारन्य, नैमिकानन र ज्ञानक्षेत्र । यस ज्ञानक्षेत्रमा ज्ञान–विज्ञानको प्रयोग सार्थक, सकारात्मक र सन्तुलित ढङ्गले गरिएको पाइन्छ । अनेकौँ राजनीतिक, सांस्कृतिक, धार्मिक प्रहार सहँदै आएको मिथिला पछिल्लो समयमा दिग्भ्रमित र दयनीय झैँ देखिए पनि विदुषी भारतीले शङ्कराचार्यसँग शास्त्रार्थ गरेको प्रसङ्गले तत्कालीन मिथिलामा महिलालाई प्राप्त स्थान र सम्मानलाई दर्शाउँछ । आफ्नो सानो बारीमा उब्जिने साग–सिस्नुकै भरमा जिन्दगी बिताइदिने अयाची मिश्र जस्ता स्वाभिमानीको दृष्टान्तले मिथिलावासीको स्वावलम्बन र आत्मनिर्भरताप्रतिको प्रतिबद्धतालाई पनि स्पष्ट पार्दछ ।
यी सकारात्मकताहरूलाई विभित्र चाडपर्व, सांस्कारिक कर्म तथा रीति–परम्पराहरूमा आबद्ध गरिएका छन् । यिनैका माध्यमबाट मिथिलाले आफ्नो बौद्धिकता एवं जनमुखी भावना अभिव्यक्त गर्दै त्यसलाई संरक्षणसमेत दिइरहेको छ । मिथिलामा जाति–विभाजन पनि मूलतः एक जाति अर्काका लागि पूरक एवं सहयोगी हुन सकुन् भत्रे किसिमले गरिएको पाइन्छ । यसबाट प्राचीन मिथिलामा उच्चस्तरको सामाजिक व्यवस्था रहेको कुरा प्रमाणित हुन्छ । मिथिलाबाटै उत्पत्ति भई व्यापक हुँदै गएको छठि पर्वमा सन्निहित सद्भाव, समरसता, सृजनशीलता, सार्वजनीनतालाई त्यसको प्रमाणको रूपमा हेर्न सकिन्छ ।
माटोको अगाध माया र श्रद्धा
विश्व मानचित्रबाट मिथिला हराएको शताब्दियौँ बितिसक्यो । तर मैथिलहरूको माटोप्रेमले मिथिलालाई अझै ओझेल हुन दिएको छैन । मैथिलजनका सांस्कृतिक गतिविधिहरूले मिथिलाको अस्तित्वलाई अक्षुण्ण र जीवन्त राखेको सन्दर्भ यस पङ्क्तिकारको एक गीतमा यसरी अभिव्यक्त भएको छ—
मानैत छी जे आब रहल नहि दुनियाकेर भूगोलमे
तैयो हमसभ बचाकऽ रखलौँ जकरा माइक बोलमे
सोहर लगनी जटाजटिन कि झिझिया साँझ परातीमे
एकहकटा मिथिला जीबैए एकहक मैथिल छातीमे
जनमनमा कुनै कुरा यस्तरी गहिरिएर रहनुमा त्यस भूभागमा तत्कालीन समयमा रहेको लोकतान्त्रिक संस्कृतिले सर्वाधिक प्रभावकारी भूमिका निर्वाह गरेको हुनुपर्दछ । मैथिली लोकगीतहरूमा अहिले पनि आफ्नो माटो छोडेर अन्यत्र नजाने प्रतिबद्धता जनकण्ठबाट यसरी अभिव्यक्त भएको पाइन्छ—
अपना किशोरीजीके टहल बजेबै हे हम मिथिलेमे रहबै
हमरा ने चाही चारूधाम हे हम मिथिलेमे रहबै
सागपात खोँटी–खोँटी दिवसा गमेबै हे हम मिथिलेमे रहबै
अहीबाटे औथिन सीताराम हे मिथिलेमे रहबै
आफ्नै माटोमा फलेको साग–सिस्नु सर्वश्रेष्ठ हो र त्यसको उपयोगलाई उच्च महत्व दिइनुपर्छ भन्ने मान्यता मिथिलाको जीवन–दर्शनमै पाइन्छ यसको एक पर्यायावाची नाम तिरहुत तीरभुक्ति भत्रे शब्दको अपभ्रंश हो । तीरको अर्थ हुन्छ नदी र भुक्तिचाहिँ प्रदेशलाई भन्छन् । स्पष्ट छ— मिथिला विभिन्न नदीहरूले अभिसिञ्चित प्रदेश हो ।
वृहद विष्णुपुराणमा वर्णित मिथिलाको सीमालाई कवीश्वर चन्दा झाले यस प्रकार अभिव्यक्त गरेका छन्—
गंगा बहथि जनिक दक्षिण दिशि पूर्व कौशिकी धारा
पश्चिम बहथि गण्डकी उत्तर हिमवत वन विस्तारा
कमला त्रियुगा अमृता धेमुरा वागमती कृतसारा
मध्य बहथि लक्ष्मणा प्रभृति से मिथिलाक विद्यागारा
यस आधारमा प्राचीन मिथिलाको सीमा पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा हिमालय र दक्षिणमा गङ्गासम्म रहेको स्पष्ट हुन्छ । तीनतर्फ यी विशाल नदीहरू हुनुका साथै मध्यमा पनि कमला, त्रियुगा, अमृता, धेमुरा, लक्ष्मणा, बलान, लखनदेइ, बागमती जस्ता नदीहरू बगेका छन् ।
स्थानीय उत्पादनको महिमामण्डन
नदीहरूको प्रचुरताले गर्दा मिथिलाका उत्पादनहरूमा जलजन्य जीव र वनस्पतिहरूको प्रमुखता रहनु स्वाभाविक हुन्छ । धार्मिक तथा अन्य उद्देश्यले पोखरी खनाउने चलन पनि मिथिलामा व्यापक थियो । यी पोखरीहरूमा माछाको पर्याप्त उत्पादन हुन्छ । स्थानीय उत्पादनलाई टेवा पु¥याउने उद्देश्यले माछालाई मिथिलामा सांस्कृतिक महत्वको वस्तु बनाइयो ।
खाद्य–पदार्थको रूपमा पनि माछाले मिथिलामा विशिष्ट स्थान ओगेटेको छ । वैवाहिक सम्बन्धमा बेहुला पक्षबाट चतुर्थी (विवाहको चौथो रात मनाइने चलन रहेको सुहागरात) का लागि कोसेलीको रूपमा माछा अनिवार्य पठाइन्छ । सन्तानको आरोग्य, उन्नति एवं दीर्घायुका निम्ति मनाइने जितिया पर्वमा व्रत बस्नुपूर्व ब्रतालुले माछा खानैपर्ने प्रावधान छ । यी पृथक खाले प्रक्रियाका अन्य उद्देश्यहरू जे–जस्ता भए पनि मुख्य उद्देश्य भने स्थानीय उत्पादनहरूको खपत बढाउनु र सो प्रक्रियालाई निरन्तरता दिनु हो भत्रे कुरा उपर्युक्त दृष्टान्तबाट प्रष्ट हुन्छ ।
घरायसी पेशाद्वारा उत्पादित वस्तुहरूको अधिकाधिक उपयोग गराउने किसिमका जातीय संस्कारहरू पनि यथेष्ट पाइन्छन् मिथिलामा । यसैको एक कडीको रूपमा तरकारी उत्पादक कोइरी वा कुशवाहा (महतो) तथा दुग्ध उत्पादक अहीर वा गोआर (यादव)हरूमा शाकाहारी वा वैष्णव धर्म निर्वाह गर्नेको संख्या अन्य जातिको तुलनामा बढी हुनुलाई लिन सकिन्छ । आन्तरिक उत्पादन–प्रबद्र्धनको कामलाई धार्मिकता तथा सांस्कृतिकतामा बाँधेर राख्ने नीतिकै परिणति मात्र सकिन्छ यस्ता प्रवृत्ति वा संस्कारहरूलाई । यस आधारमा के भत्र सकिन्छ भने भारतमा महात्मा गान्धीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सम्बन्धमा चलाएको चर्खा आन्दोलन जस्तो नीति मिथिलाले शताब्दियौँदेखि अङ्गीकार गरेको छ ।
पानीमा फल्ने वनस्पति मखानको व्यापक उपयोगलाई अर्को उदाहरण मान्न सकिन्छ । नदी, पोखरी, तलाउ जस्ता जलाशयहरूमा फल्ने मखान मिथिलाको सर्वथा मौलिक उत्पादन हो । मिथिलामा मखानको उत्पादन प्रचुर हुने भएकोले यसको खपत गर्ने बाटो संस्कृतिले नै पहिल्याएको छ । मैथिलहरूको एक विशेष पर्व कोजगरा (कोजाग्रत पूर्णिमा)मा मखान अनिवार्य रूपले खाने अनि ख्वाउने प्रचलन छ । यसका साथै विशिष्ट पाहुनालाई ख्वाइने उच्चस्तरीय खाजामा मखानका परिकारहरूको महत्वपूर्ण स्थान हुन्छ ।
खोला तथा नदी–नालाहरूको प्राचुर्यले गर्दा मिथिलामा बलौटे जमिन प्रशस्त मात्रामा पाइन्छ । यस्तो जग्गामा सहजताकासाथ मडुआ (कोदो)को खेती गर्न सकिन्छ । आधुनिक कृषि–विज्ञानले बलौटे माटोमा तरभुज, ककडी, परवल इत्यादि लगाउन सकिन्छ भत्रे ज्ञान र सुविधा दिनुभन्दा अघि मिथिलामा त्यस्ता जग्गाको उपयोग मूलतः कोदो खेतीमै गरिन्थ्यो । तर, यो निम्नस्तरको अत्रमा दरिने र यसलाई कुअत्र भत्रे गरिएकोले यसको प्रयोग विपत्र वर्गमा मात्र सीमित थियो । तथापि अत्र भनेको अत्र हो, यसको सबैले सम्मान एवं उपयोग गर्नुपर्छ भत्रे सन्देश मिथिलाको ‘जितिया पावनि’ मार्फत् दिइएको छ । यस पर्वमा व्रत बस्नुपूर्व माछाका साथ मडुवाको रोटी खाने प्रथा राखिएको छ, जसलाई ‘माछ–मडुवा’ भनिन्छ ।
नदी किनाराका क्षेत्रहरूमा केराको उत्पादन राम्रो हुन्छ । त्यसैले छठ तथा चौरचन जस्ता विशेष पर्वहरूमा प्रसादको रूपमा केराको सिङ्गो घरी नै चढाउने प्रचलन रहेको पाइन्छ । यस्तै अन्य चाडपर्वहरूमा पनि शीतल प्रसाद बनाइन्छ, जसमा पाकेको केराको महत्वपूर्ण साझेदारी रहेको हुन्छ । यी पर्वहरूले चोया तथा माटाका भाँडाकुडा बनाउने जाति÷समुदायको पेशागत संरक्षणका लागि धार्मिक÷सांस्कृतिक व्यवस्था गरेको छ ।
कृषिसँग सम्बन्धित गबहा सकराँति (गाभा संक्रान्ति) पनि मिथिलाको मौलिक पर्व हो । यस दिन बिहानै किसानहरू चौरीमा गएर सैरबराबर भन्दै जोडजोडले कराउँछन् । धानका बाला सबै बराबरी लागून् भन्ने उद्घोषमा सामाजिक समानताको कामना सन्निहित रहेको हुन्छ । श्रीपञ्चमीका दिन हलो पूजा गरिन्छ । यस्तै रोपाइँ थाल्दा गबलग्गी र सकिँदा कदपखारका विधि चाडपर्व झैँ मनाउने चलन छ । खेतीपातीप्रतिको यो आस्था कर्म नै पूजा हो भत्रे मान्यताको उत्कृष्ट उदाहरण हो ।
धरोहर जोगाउने सकस र सम्भावना
सामाजिक, सांस्कृतिक, आर्थिक सद्भाव र सुरक्षाको यस्तो सुदृढ परम्परा साँचेर राखे तापनि आज मिथिला अस्तित्वका लागि संघर्षरत हुनुपरेको छ । यसको प्रमुख कारण चौधौँ शताब्दीमा मुगलहरूको सिमरौनगढ आक्रमणबाट मिथिला/तिरहुत राज्यको पतन हुनु थियो । रहेसहेको कसर नेपाल–भारतबीचको सुगौली सन्धिले पूरा गरिदियो । यस सन्धिपछि प्र्राचीन मिथिला नेपाल र भारत दुई देशमा बाँडियो ।
यसपछि मैथिल संस्कृतिले राजकीय संरक्षण पाउनुको साटो दोहन खेप्नुप¥यो । नेपालमा नेपाली भाषाको विस्तारले मैथिली भाषा थिचिन थाल्यो भने भारतमा हिन्दी भाषाले मैथिलीमाथि अतिक्रमण थाल्यो । दुवै देशमा मैथिली भाषाको शिक्षा तथा प्रयोग अनुत्पादक हुँदै गयो । हामीकहाँ राष्ट्रियताको बिम्ब नेपाली भाषा, ढाकाटोपी, पर्वते चाडवाड र संस्कारलाई बनाउँदै लगिएपछि औपचारिक शिक्षामा पहुँच बढेसँगै मिथिलाबासीहरू आफ्नो जराबाट उखेलिन थाले । भाषिक कुपोषणका कारण संस्कृतिलाई सुकेनासले गाँज्यो । पछिल्लो समयमा छठि पर्वजस्ता मिथिलाका केही सांस्कृतिक उपक्रमले वैश्विक विस्तार पाए पनि त्यो बोक्रो विस्तार मात्र हो, ती पर्वहरूले साँचेका विज्ञानसम्मत गुदीतत्व छुट्दै गएका छन् । यतिखेरको प्रसारमा सांस्कृतिक सदाशय कम र धार्मिक पाखण्ड तथा कर्मकाण्डी प्रदर्शन बढी पाइन्छ ।
मिथिलाका यावत सद्संस्कृतिको संरक्षणका माध्यमबाट राष्ट्र तथा मानवीयताको कल्याणमा योगदान दिने एउटा महत्वपूर्ण मौका नेपालमा संघीयताका माध्यमबाट आएको थियो । तर विडम्बना के भयो भने संघीयतालाई आधार र उत्कर्ष दिने एकमात्र भूखण्ड मिथिलालाई शहीद बनाउन देशी–विदेशी शक्तिहरू लागे । मिथिलाको स्वर्णसंस्कृति बीजबाट मधेशको चौरी लहलहाउने वातावरण बनाउनुपर्नेमा मिथिलाको चिहानमाथि मधेशको कङ्काल ठढ्याइयो । तर रत्नगर्भा मिथिलाको रत्नबीज खाडलमुनि पुर्दैमा सकिने कुरा हुँदैन । अहिले पनि यहाँको भाषा–संस्कृतिलाई संरक्षण दिएर समुत्रतिको बाटो समाउने वातावरण बनाए पुग्छ। यसो भएमा मिथिलाले सिङ्गो नेपाललाई आत्मनिर्भरतातर्फ हिँड्न मार्गदर्शन गर्दै सघाउन सक्छ।
आफ्नै परम्परालाई अँगालिराखेर पनि सम्मानजनक जीवन–यापन गर्ने परिपाटीको विकास भएमा हाम्रो उर्वरताले आफन्त र छरछिमेकलाई समेत भरथेग गर्न सक्नेछ । आवश्यकता छ सांस्कृतिक संवेदनालाई गहिरिएर हेर्ने दृष्टिको र त्यसलाई सुरक्षा दिएर विकासपथमा अगाडि बढाउँदै लैजाने दृष्टिकोणको । यो दृष्टि र दृष्टिकोणमा मिथिलाको भौतिक जागरण प्रभावशाली संयन्त्र बन्न सक्नेछ।
प्रतिक्रिया