एजेन्सी ।
बलिउड नगरीमा नातावाद र कृपावादको विवाद सधैं चलिरहने विवाद हो। यसमा खासगरी बलिउडमा शून्यबाट सुरुवात गर्ने कलाकारले बेलाबेलामा नातावाद कृपापाद चल्ने भन्दै विरोध गरिरहेका हुन्छन्।
हालै अभिनेत्री कृति सेननले पनि एक पडकास्टमा यसबारे खुलेर कुरा गरेकी छन्। कृतिका अनुसार बलिउडमा फिल्म क्षेत्रबाट अन्जान व्यक्तिलाई काम गर्न र पाउन निकै मुस्किल छ। उनले बलिउड फिल्म क्षेत्रमा हाबी भइरहेको यस्तो प्रवृतिको आलोचना गरेकी छन्। ‘बलिउडमा आउटसाइडर काम पाउन निकै गाह्रो छ। यसका लागि भने फिल्म इन्डस्ट्रीभन्दा पनि फिल्मभन्दा बाहिरी मान्छे नै जिम्मेवार छन्,’ उनले भनेकी छन्।
कृतिले बलिउडमा सञ्चार माध्यम र दर्शकले नै स्टारका छोराछोरीलाई बढी चासो दिएर उनीहरूलाई बिनामिहिनेत काम पाउने वातावरण तय गरिदिने हुनाले फिल्म क्षेत्रमा नयाँ कलाकारलाई अफ्ठेरो अवस्था आउने खुलाएकी छन्।
‘हो हाम्रोमा मिडिया र दर्शकले नै स्टार किड्सप्रित बढी चासो राख्ने भएकाले फिल्मकर्मीलाई लाग्ने गर्छ कि यदि स्टार किड्सलाई फिल्ममा लियो भने फाइदा हुन्छ,’ कृतिको भनाइ छ,‘यदि क्षमता छैन भने स्टार किड्सले पनि सफलता पाउन सक्दैनन् र यदि क्षमता भएमा कुनै पनि मानिसले आफूले चाहेको सफलता हाँसिल गर्न सक्छ। यदि कोही व्यक्ति फिल्मी ब्याकग्राउन्डबाट छैन भने जे कुरामा पनि धैरै नै संघर्ष गर्नुपर्छ। यदि मिहिनेत गरिएको छ भने सफलता पनि मिल्छ।’
सन् २०१४ मा फिल्म हिरोपतिबाट बलिउड करिअर शुरू गरेकी कृतिले हालै फिल्म दो पत्नीमा काम गरेकी छन्। उनले एकपछि अर्को गर्दै सफलताको सि“ढी पार गर्दै आएकी छन्।
प्रतिक्रिया