काठमाडौं ।
राजधानीमा १३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिवल–२०२५ हुने भएको छ। यसमा सहभागी हुन चाहने फिल्म, टेलीफिल्म र लघु फिल्म समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ।
माघको पहिलो साता काठमाडौंमा हुने फेस्टिवल कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा हुन लागेको हो।
फेस्टिवलमा अफ्रिकासँगै अन्तर्राष्ट्रिय समूह पनि थप गरिएको र अन्य देशका फिल्म पनि महोत्सवमा देखाइने भएको छ। महोत्सवमा नेपाली तथा आदिवासी फिल्म एवम् लघु फिल्म र वृत्तचित्रलाई समावेश गर्न आह्वान गरिएको छ। महोत्सवमा विधार्थीले पनि छोटा फिल्म सहभागी गराउन पाउनेछन्। महोत्सवमा उत्कृष्ट ठहरिएको फिल्म प्रदर्शनसँगै अवार्डबाट सम्मानित पनि गरिनेछ।
‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै फिल्मबाट दुई फरक महाद्वीपलाई जोड्न यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौँ। महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ,’महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले भनिन्।
महोत्सव निर्देशन डब्बु क्षत्रीका अनुसार यसपटक महोत्सवमा फिल्म प्रदर्शनसँगै विभिन्न विषयमा फिल्म कार्यशाला अन्तरक्रियालगायत विभिन्न कार्यक्रम हुनेछ।
प्रतिक्रिया