काठमाडौं ।
युथ फर गुड नेपालले त्रिशूली नदीको प्रदूषणबारे भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। डकुमेन्ट्रीले त्रिशूली नदीको अवस्था, प्रदूषणका कारण र प्रभावलाई उजागर गरेको छ।
लाखौं नेपालीलाई जीवन दि“दै आएको त्रिशूली नदी आज मानव गतिविधिका कारण संकटमा परेको विषयमा डकुमेन्ट्री केन्द्रित छ। ‘डकुमेन्ट्रीले नदीको वास्तविकता र मानिसले नदीलाई दिएको पीडाको कथा बोल्छ।
यो भावनात्मक यात्रा हेर्दा तपाईंको आ“खा रसाउनेछ,’ युथ फर गुड नेपालले भनेको छ। १६ मिनेटको डकुमेन्ट्रीमा लेखन आदेशसिंह क्षत्री र प्रमेश भट्टराई, छायांकन प्रशान्त शर्मा र प्रमेश भट्टराई तथा सम्पादन प्रमेश भट्टराईको रहेको छ।
प्रतिक्रिया