काठमाडौं ।
यतिबेला के–पप ब्यान्ड ब्ल्याकपिंककी रोज र अमेरिकी पपस्टार ब्रुनो मार्सको नयाँ गीत एप्टले विश्वभर चर्चा कमाइरहेको छ।
गीत रिलिजको एक महिनादेखि सो गीतले विश्वका सबै स्ट्रिमिङ प्लेटफर्ममा राम्रो प्रदर्शन गरिरहेको छ।
बिलबोर्डका दुई सय उत्कृष्ट गीतमध्ये यो अझै शीर्षस्थानमा छ। केही हप्तायता लगातार बिलबोर्डको विश्वव्यापी दुई सयौं स्थानमा रहेको गीत रिलिजदेखि नै युट्युबको ग्लोबल ट्रेन्डिङको शीर्षस्थानमा रहनुका साथै नेपालमा पनि नम्बर एकमा छ।
ग्रामी अवार्ड विजेता गायक ब्रुनोका जस्ट द वे यू आर म्यारी यू, अपटाउन फंकजस्ता गीतका कारण लोकप्रिय छन् भने यसै वर्षदेखि एकल गायनको करिअर थालेकी केपप स्टार रोजको पनि एकल गायनको करिअरको सुखद सुरुआत भएको छ।
स्पोटी फाइमा कीर्तिमान रच्दै एक सय मिलियनको आँकडा पार गर्ने पहिलो के–पप महिला गायिका बनेकी रोज र ब्रुनाको यो गीत सफलतास“गै विभिन्न देशमा कन्सर्टको तयारीमा लागेका छन्। गीतलाई अहिलेसम्म युट्युबमा ४२ करोडभन्दा धेरैपटक हेरिएको छ।
प्रतिक्रिया