भक्तपुर ।
क्यान्सरपीडित गायिका इन्दिरा गोले गुरुङको सहयोगार्थ भक्तपुरमा रकमेनिया लाउडेस्ट इभेन्ट आयोजना गरिने भएको छ।
एमईएम इन्टरटेन्मेन्टले गायिका गोलेको सहयोगार्थ रकमेनिया लाउडेस्ट इभेन्ट आयोजना गर्न लागेको र कन्सर्टबाट उठेको आम्दानीको २० प्रतिशत गायिका गोलेको उपचारमा सहयोग गर्ने इभेन्ट आयोजक रोजिन मिश्रले जानकारी गराए।
यसका लागि आगामी २२ गते भक्तपुरको सल्लाघारी चौरमा रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर गरिनेछ। इभेन्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इभेन्ट आयोजक मिश्रले ३५ लाख खर्च हुने अनुमान गरिएको बताए।
कन्सर्टमा मुख्य ब्यान्ड मन्त्र ब्यान्ड दार्जिलिङ रहेको छ भने काठमाडौंबाट एमटियटयटफोयट र भक्तपुरबाट द सर्माैन नेपाल रहेका छन्। त्यस्तै,स्थानीय ब्यान्डमा इको ब्लुम, चक्रबिउ, द आइकोन ब्यान्ड, डिभाइन सोल र जेन्सिस ब्यान्डको प्रस्तुति रहेनेछ।
एमईएम इन्टरटेन्मेन्टका फाउन्डर लोकसाङ लामाले करिब पा“च हजारभन्दा बढी सहभागिताको अपेक्षा रहेको जानकारी गराए।
प्रतिक्रिया