कैलाली भन्सारको राजस्व संकलनमा वृद्धि

658
Shares

धनगढी ।

कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष ०८० /०८१ को तुलनामा आर्थिक वर्ष ०८१ /०८२ को असुली रकममा वृद्धि गरेको छ। लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसके पनि गत वर्षको असुली तुलनामा यस वर्ष असुली प्रतिशत बढेको देखिएको छ।

विगतको वर्षहरूको तुलनामा यस भन्सार कार्यालय भएर सामान कम आउने गरेकाले राजस्वको लक्ष्य पुरा गर्न कठिन हुने गरे पनि राजश्व असुली भने बढेको देखिएको हो । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले उपलब्ध गराएको विवरण अनुसार यस आर्थिक वर्षको पछिल्लो चार महिनाको राजस्व असुली गत वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्ष ०८० /०८१ को साउन महिनाको लक्ष्य ७२ करोड ६९लाख रहेकोमा असुली भने ४६ करोड ८२ लाख ५५ हजार रहेको थियो यस आर्थिक वर्षको साउन महिनाको लक्ष्य ८२ करोड ९४ करोड ६९ हजार रहेकोमा ५७ करोड ५० लाख ७३ हजार राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षको साउन महिनाको राजस्व सङ्कलन ६४.७१ प्रतिशत रहेकोमा यस आर्थिक वर्षको साउन महिनाको राजस्व असुली प्रतिशत ६९.९३ भएको थियो।

यस्तै गत वर्ष भदौमा ८८ करोड४० लाख १४ हजार लक्ष्य भएकोमा ५१ करोड ९३ लाख २५ हजार असुली भएको थियो भने यस वर्षको सोही अवधिमा लक्ष्य ९० करोड ८३ लाख ८१ हजार रहेकोमा असुली ५३ करोड ८४ लाख ९९ हजार भएको थियो। असोजमा गत वर्ष ९७ करोड ८१ लाख ३६ हजार लक्ष्य रहेकोमा असुली ६३ करोड १४ लाख ४५हजार भएको थियो भने यस वर्षको लक्ष्य ८७ करोड ६१ लाख७९ हजार रहेकोमा असुली ६७ करोड २४ लाख ९६ हजार भएको थियो ।

गत वर्ष कार्तिक महिनाको राजस्व लक्ष्य ९७ करोड ५२ लाख ५९ हजार रहेकोमा असुली भने ६१ करोड ४६ लाख ४२ हजार भएको थियो । यस वर्षको सोही अवधिमा लक्ष्य ८९ करोड ९३ लाख ३३ हजार रहेकोमा असुली भने ६२ करोड ७८ लाख३२ हजार भएको थियो। गत वर्ष कार्तिक महिनामा लक्ष्यको ६३.७२ प्रतिशत रावस्व असुली भएकोमा यस वर्षको सोही अवधिमा ६९.८१ प्रतिशत अर्थात् गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ६ प्रतिशतले राजस्व असुली बढेको थियो ।

गत आर्थिक वर्षको ११ अर्ब ५८ करोड२४ लाख ७० हजार राजस्व लक्ष्य रहेकोमा ७ अर्ब ९१ करोड ८० लाख ६८ हजार असुली भएको थियो । लक्ष्यको ६८.३६ राजस्व असुली भएको थियो यस वर्षको लक्ष्य ११ अर्ब १६ करोड २६ लाख ३० हजार राखेकोमा यो पहिलो चौमासिकमा २ अर्ब ४१ करोड ३८ लाख ९५ हजार अर्थात् २१.६२ प्रतिशत राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सेनाले जानकारी दिए।