काठमाडौं ।
मिसेस हेरिटेज इन्टरेनसनल नेपाल विभा बस्नेतले नेपालमा युवतीको तुलनामा विवाहित महिलाको प्रतियोगितालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गरेकी छन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा युवतीको तुलनामा विवााहित महिलाले राम्रो सफलता हात पारे पनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको गुनासो गरेकी हुन्।
बस्नेतले केही दिनअघि अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज पेजेन्टमा मिसेस हेरिटेज इन्टरेनसनल नेपाललाई दिलाएकी थिइन्। राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले हेरिटेज पेजेन्टको अनुभव पनि बाँडिन्।
‘त्यहाँ धेरै देशका कल्चरदेखि धेरै कुराको जानकारी मिल्यो,’ उनले भनिन्,‘नेपालको कल्चर, हेरिटेज र नेपाली महिलाको लचकताबार सबै माझ राखेँ। विजेता बने त्यो खुशी कुरो हो। तर, विजेता नभएको पनि सहभागी हुन पाएकोमा भाग्यमानी ठान्थेँ। नेपाली महिलाले पनि केही गर्न सक्छन् भनेर प्रमाणी गर्न सफल भएँ। यो देशकै लागि उपलब्धि हो।’
कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले नेपालले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उपलब्धि हासिल गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताए। ‘हामी नेपाली समयअनुसार चल्दैनौँै। मैले विश्वका विभिन्न कार्यक्रममा जाँदा अन्य प्रतियोगी समयअनुसार चलेको पाएको छु। हामी विश्वका अन्य मुलुकभन्दा कला संस्कृतिमा धनी भएकाले प्रतियोगिताका लागि प्रस्तुत गर्ने विषय हामीसँग धेरै छन्।’ उनको भनाइ थियो।
बस्नेतलाई हेरिटेज पेजेन्टमा ग्रिनआर्ट मिडियाले पठाएको हो। मिडियाकी अध्यक्ष अनिला श्रेष्ठले धेरै मिहिनेतपछि यो वर्ष नेपाललाई उपलब्धि हात परेको बताइन्।
प्रतिक्रिया