आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?


काठमाडौ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। कालो अङ्गुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ। 

यसैगरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काँक्रो १२०, भारतीय मेवा ९० किवी र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेँडा ८० र भारतीय ठूलो गोलभेँडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ९०, लौका ८०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ।


लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ९०, हाइब्रिड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १२० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेको फर्सी ३० र तराइ परवर ९० रुपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ५० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र पुदिना ६०० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली १४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६० र हरियो धनियाँ २०० रुपैयाँ पाइने समितिले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।