सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म कर्माका लागि अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्।
यससँगै फिल्ममा कलाकारको लाइनअप बलियो बन्दै गएको छ। फिल्मको मुख्य भूमिकामा केही समयअघि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो। फिल्ममा उपासना विपिन कार्कीको जोडीको रूपमा देखिनेछिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिनेछन्। विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन्।
निर्देशक चौधरीले यसअघि अगस्त्यः च्याप्टर १ को निर्देशन गरेका थिए। एक्सन ड्रामा जनरामा निर्माण फिल्मका लागि कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। निर्देशक चौधरीका अनुसार फिल्ममा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा प्रस्तुत गरिनेछ।
मंसिरको दोस्रो सातापछि सुटिङ प्mलोरमा जाने फिल्म आगामी चैत्र २९ गते रिलिज लक्ष्य राखिएको छ फिल्मको सुटिङ दाङ र रुकुममा गरिनेछ। फिल्मको छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ। फिल्मको इन्टरनेशनल राइट्स सेभेन सिज इन्टरटेन्मेन्टले खरिद गरेको हो।
आर्टिस्टिक इनटरटेनमेन्ट ब्यानरमा बसन्त लम्सालले निर्माण गर्ने फिल्ममा विपिन, उपासना र मुकुनका अलवा अन्य कलाकार छनोटको चरणमा छ।
प्रतिक्रिया