काठमाडौँ ।
चर्चित ओस्कार विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाहको २९ वर्षपछि दुवैले सम्बन्धविच्छेद गर्न लागेका हुन् ।
यो जोडीको विवाह भएको २९ वर्ष भइसकेको छ । अब उनका वकिलले आधिकारिक रुपमा सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । यसले फ्यानहरुलाई पनि गहिरो धक्का दिएको छ । दुवैले भावनात्मक तनावका कारण यो निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ ।
वकिलले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘विवाहको धेरै वर्षपछि श्रीमती सायराले पति एआर रहमानसँग अलग हुने कठिन निर्णय लिएकी छिन् । उनीहरुको सम्बन्धमा धेरै भावनात्मक तनाव आएपछि यो निर्णय आएको हो । उनीहरुको गहिरो प्रेमका बाबजुद दम्पतीले आफूबीचको तनाव र समस्याले दुरी बनाएको पाइएको छ, जसलाई अहिले कुनै पनि पक्षले हटाउन नसकेको साइराले दुःख र पीडाबाट बाहिर निस्केको बताइन् । सायराले आफ्नो जीवनको यो कठिन अवधिबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयमा जनतासँग गोपनीयता र समझदारीको अनुरोध गरेकी छन् ।’
सम्बन्धविच्छेदको खबरका बीच एआर रहमानले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘विवाहको ३० वर्ष पूरा गर्छौं भन्ने सोचेका थियौं तर परिस्थिति हेर्दा त्यस्तो हुन्छ जस्तो लाग्दैन । हाम्रो हृदय यति टुटेको छ कि यी टुटेको हृदयको बोझले भगवानको सिंहासन पनि काँप्न सक्छ ।
भाँचिएको भागले फेरि आफ्नो ठाउँ पाउँदैन। यद्यपि, हामीले टुटेका चीजहरूमा पनि केही अर्थ खोज्नुपर्छ । यस कठिन समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा हाम्रा सबै साथीहरूलाई धन्यवाद ।’
एआर रहमान र सायरा बानोले सन् १९९५ मा विवाह गरेका थिए । दम्पतीका खतिजा, रहिमा र आमिन गरी तीन सन्तान छन् ।
प्रतिक्रिया