मेडिसिटीमा उपचारका क्रममा बिरामीको मृत्यु,  क्षतिपूर्तिको माग गर्दै बिरामीका आफन्तले मूल गेट नै बन्द गरे 


काठमाडौँ। 

ईलामका एक मिर्गौला प्रत्यारोपित बिरामीको मेडिसिटी अस्पतालको सघन उपचार (आईसीयु) कक्षमा उपचारका क्रममा ३ दिन अघि मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मङ्गलवार दिउसो ४ बजे देखि अस्पतालको मूल गेटनै बन्द गरी  अन्य बिरामी, एम्बुलेन्स, चिकित्सकलाई समेत आवत जावतमा रोक लगाएको सुरक्षाकर्मीले जनाएका छन् । 

अका ३८ बर्षिय मिर्गौला प्रत्यारोपित हाल मृत्यु भएका व्यक्तिले २ महिना अघि मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल भै डिस्चार्ज भै घर गएका थिए।  मिर्गौला प्रत्यारोपण गर्न अन्य अस्पतालले नसक्ने भनेपछि माडिसिटी पुगेको  र मेडिसिटीले विशेषज्ञ चिकित्सकहरुको अध्ययन अनुसन्धान पछि १ महिना डायलासिस गरेपछि मात्र उनको मिर्गौला प्रत्यारोपण गर्न योग्य भएको ठहर गरी  २ महिना अघि प्रत्यारोपण गरेको हो । 

प्रत्यारोपणका क्रममा कानूनी प्रकृया गर्दा मृतकको श्रीमती, भतिजी र अन्य २ जना आफन्त आएका थिए । दाजुभाइ हुनुहुन्न भनेर सोध्दा छैनन् भनेर भतिजीले मिर्गौला दिएको  माडिसिटी अस्पतालका प्रवक्ता डा. राज राना बताउँछन् । 

डा.रानाका अनुसार मृतकका आफन्त भनेर अस्पताललाई बन्दी बनाउँदै क्षतिपूर्तिको माग गर्दै अस्पतालको मूल गेटनै बन्द गराएर बस्ने समूहलाई पटक पटक उपचार गर्नु पहिलाको सम्झौता, बिरामीले मिर्गौला प्रत्यारोपणपछि पालना गर्नुपर्ने नीति, नियम अडियो र भिडियो नै देखाउँदा पनि उनीहरूले क्षतिपूर्ति बाहेक हामी कुनै कुरामा सहमत छैनौ भन्दै हिँडेको र कानूनी राज्यमा कानुनको पालना गर्ने सबैको दायित्व हुनुपर्छ । कानुन बमोजिम जाउँ मेडिकल काउन्सिलमा छानविनका लागि जाउ भन्दा यहा भेला भएको भिडले मेडिकल काउन्सिल तिमीहरुकै पक्षमा बोल्ने तिमीहरुले किनेको निकायमा जाँदैनौ । माग बमोजिमको क्षतिपूर्ति चाहिन्छ भन्दै दबाब दिइरहेका छन् ।
 
तीन वटा अस्पतालले रिजेक्ट गरेको अवस्थामा डायलासिस गरेर प्रत्यारोपण योग्य बनाएर प्रत्यारोपण गर्यौ । प्रत्यारोपण सफल भएपछि उनने डिस्चार्ज मागे । 
अस्पतालले उनको आर्थिक अवस्था कमजोर हुँदै गएको कुरा बुझेर अस्पताललाई तिर्नुपर्ने शुल्क बिस्तारै तिर्दै जाने सर्तमा डिस्चार्ज गर्‍यो ।

उहाँ  पटक पटक सङ्क्रमण भएर अस्पताल आउँदा अन्यत्रको औषधि उपचार लिएर आउँनुहुन्थ्यो । अस्पतालले नियमित एउटै औषधि प्रयोग गर्नुपर्छ भनेको थियो । तर उहाँले त्यसो नगरी पहिला जस्तै अन्यत्र उपचार हुन्न भनेपछि मात्र माडिसिटी आउँने गर्नुहुन्थ्यो ।’  डा.राजले भने,’ अन्तिम पटक ३ दिन अघि मध्येराती १ बजे अस्पताल आइपुग्दा उहाँको शरीरभरि सङ्क्रमण फैलिसकेको थियो । उहाँलाई तत्काल भर्ना भएर उपचार गर्नुपर्छ भनेपछि भर्ना बस्न नमानी अन्यत्र अस्पताल जानुभयो । अरू अस्पतालमा उपचार नभएपछि राती ४ बजे पुनः मेडिसिटीको आकस्मिक कक्षमा आई भर्ना हुनुभयो र उहाँको आइसियुमा उपचार गर्दा गर्दै बिहान १०ः १५ बजेको समयमा मृत्यु  हो। 

डा. राजले भने , उहाँको प्रत्यारोपित मिर्गौला पूर्ण रुपमा सङ्क्रमित भएकाले उहाँलाई स्वास फेर्नै गाह्रो भएको थियो । सङ्क्रमण भएको मिर्गौला निकालेर वायोप्सीमा पठायौ । अहिले मृतकका आफन्तले के गर्न खोजेका हुन हामीले बुझ्नै सकेका छैनौ ? लाखौँ बिरामीको उपचार गरिसकियो । कति निको हुने समस्या हुन्छ भने कतिलाई भन्नै सकिन्न । मिर्गौला प्रत्यारोपण पछि रिजेक्ट हुने भने तत्काल हुन्थ्यो । उहाँको केसमा त्यस्तो भएको छैन र घरमा सुरक्षा नअपनाउँदा रगतमा सङ्क्रमण फैलिएको अवस्थामा गम्भीर भएर अस्पताल भर्ना हुनुभएको बिरामीको सङ्क्रमण नियन्त्रण नभएर उपचारको प्रयास गर्दा गर्दै मृत्यु भएको हो । यसमा अस्पतालको कुनै कमजोरी छैन । बिरामीलाई उपचार सुरु गर्नु अघि गर्नुपर्ने परामर्श गरेकै छौ । परिवारका सदस्य, आफन्तलाई पनि सुरक्षा, सरसफाइ, खानपान लगायतका विषयमा परामर्श गरेको अडियो, भिडियो सुरक्षित छ । अस्पतालले उपचारमा अपनाउनुपर्ने विधिमा कुनै कसुर बाँकी राखेको छैन । तर पनि अस्पताललाई बन्दी बनाएर हुल हुज्जत किन हुन्छ ? 

यता मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै मङ्गलवार दिउँसो ४ बजेदेखि अस्पतालको मूलगेटनै अवरुद्ध गरेर बसेका व्यक्तिहरुले अस्पतालले मृतकको मिर्गौला नै गायब गरेको आरोप लगाउँनुका साथै क्षतिपूर्ति दिनुपर्ने माग राख्दै अस्पतालमा भर्ना भएका बिरामी, आफन्त, चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्सलाई समेत भित्र बाहिर गर्न दिएका छैनन् । यस्तो अवस्थामा आकस्मिक रुपमा अस्पताल आएको बिरामी एकछिन उपचार नपाउँदा, अक्सिजन नपाउँदा ज्यानै जान सक्छ यस्को जबाफदेही को हुने भन्दै अस्पतालले प्रश्न गरिरहेको । यता तर्फ आन्दोलनरत पक्षले ध्यान दिएको छैन र सुरक्षा निकायले सम्झाई बुझाई गर्दा पनि अटेर गरेको सुरक्षामा खटिएका प्रहरी बताउँछन् । 

मृतक उच्च रक्तचाप, मधुमेह, मिर्गौलाले काम नगरेको अवस्थामा अस्पताल आएको विषयमा अनुसन्धान गर्ने निकायले ध्यान दिनुपर्ने डा.रानाको भनाई छ । उनी  भन्छन्, अस्पताल र चिकित्सक भगवान् हैनन् सकेको ज्ञान र सीपका आधारमा उपचार गर्ने विश्वव्यापी नियम हो । यति ठूलो लगानी गरेर अध्यक्षज्यूले अस्पताल खोल्नु भयो  । विश्वको सुविधा सम्पन्न अस्पतालमा दिने सेवा विश्वका विज्ञ चिकित्सकहरु राखी दिँदै छौ । यसरी गम्भीर बिरामीको उपचारपछि गर्नुपर्ने सुरक्षा आफैले अपनाउँन नसकी सङ्क्रमण फैलिएर मृत्यु हुदाँ समेत क्षतिपूर्तिको माग गर्दै अस्पताललाई दोषी देखाउँन खोज्नु गलत हो । एउटाले यस्तो गर्दा अरू बिरामीमा ठूलो मार पर्छ । अब के गम्भीर प्रकृतिका बिरामीलाई यहाँ उपचार हुन्न भारत जानोस् भन्नु ? डा.राना गम्भीर प्रश्न गर्छन्  । उनी भन्छन्, अनुसन्धान गर्ने निकायले समयमै ध्यान देओस् । बिरामीको उपचारमा संसारको कुनै पनि निकायले ग्यारेन्टी गर्न सक्दैन । 

जिल्ला प्रहरी कार्यालय ललितपुरले  बिरामीको उपचारका क्रममा मृत्यु भएको  भनेर दिउसै देखि क्षतिपूर्तिको माग राख्दै अस्पतालको मूल गेट बन्द गरी  केही व्यक्ति बसेका र उनीहरुलाई सम्झाई बुझाई गर्दै अस्पतालको सुरक्षामा  सुरक्षाकर्मी खटिएको जानकारी दियो। 

प्रेस विज्ञप्ति

मितिः २०८१-०८-०४
नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा यही मंसिर १, २०८१ मा मृत्युवरण गर्नुभएका ईलाम निवासी स्व. सरोज सुब्बाज्यूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा नेपाल मेडिसिटी परिवार समवेदना प्रकट गर्दछ ।
अस्पतालको तर्फबाट स्व. सरोज सुब्बाज्यूको ज्यान बचाउन हरसम्भव प्रयास गरिएको थियो । मिति २०८१।०६।०४ गते भर्ना भई मृगौला प्रत्यारोपण गराउनुभएको स्व.सरोज सुब्बाको सफल शल्यक्रिया भई मिति २०८१।०६।१२ गते नेपाल मेडिसिटि अस्पतालबाट सफलतापूर्वक डिस्र्चाज गरिएको थियो । त्यस पश्यात ४८ दिन पछि कार्तिक ३०, २०८१ को ४ बजे बिहान जटिल अवस्थामा आकस्मिक कक्षमा आएका बिरामीको उपचारमा चिकित्सकहरुको अथक प्रयास गर्दागर्दै दुःखद निधन भएको जानकारी गराउन चाहान्छौँ ।
उक्त घटनाको दुःखद समयमा निज मृत्तकको परिवारजनलाई सम्पूर्ण सत्यतथ्य जानकारी गराउँदा परिवारजनले तथ्य बुझ्दा बुझ्दै अन्य व्यक्तिहरुले अस्पताल र चिकित्सकहरूलाई दोषारोपण तथा भम फैलाउँदै गैरकानूनी कार्य गर्दै आएका छन् । अस्पतालको तर्फबाट स्व.सरोज सुब्बाज्यूको उपचारमा कुनै पनि लापर्वाही, कमीकमजोरी नभएकोले सम्बन्धित निकायहरु मार्फत छानबिन तथा अनुसन्धान गर्न अस्पतालले पूर्ण रुपमा सहयोग गर्ने जानकारी परिवारका सदस्यहरुलाई गराएका छौँ । तर परिवारभन्दा बाहिरको व्यक्तिहरुको विशेष स्वार्थ पूरा गर्न नेपाल मेडिसिटि अस्पताल कुनै पनि अवस्थामा तयार नरहने विषयमा अडिग छौँ । नेपाल मेडिसिटि अस्पताल नेपाललाई अन्तराष्ट्रिय मेडिकल हव बनाउने अभियानमा लागिरहेका छौँ र यस अभियानलाई कुनै पनि अवस्थामा सफल पारेर राज्यको स्वास्थ्य सेवामा टेवा पु¥याउनेछौँ ।
यो घटनामा हामी संवेदनशील र गम्भीर रहेको जानकारी गराउन चाहन्छौं, तथापि यो घटनाको वास्तविकता बुझ्न हामीले सम्बन्धित निकायसँग मिलेर आवश्यक छानबिनमा पूर्ण सहयोग गर्नेछौं । अस्पतालको तर्फबाट बिरामीको उपचारमा कुनै पनि लापरवाही नगरिएको प्रष्ट पार्न र समग्रमा साँचो तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौं । साथै अस्पताल तथा दत्तचित्त भएर काम गर्ने चिकित्सकहरु बिरुद्ध यस प्रकारको अनावश्यक आरोपहरुमाथी विश्वास नगर्न सम्पूर्णमा अनुरोध गर्न चाहन्छौँ ।
हामी हाम्रो गुणस्तरीय सेवामा कुनै पनि हस आउन दिने छैनौं, साथै हामी हाम्रो निरन्तर सेवामा रहिरहनेछौं । नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ । अस्पतालको तर्फबाट सधैं उच्च जिम्मेवारी साथ बिरामीहरूको हेरचाह र उपचार गरिँदै आइएको छ र भविष्यमा पनि यसै प्रकारले सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं । नेपाल मेडिसिटि अस्पताल माथि सधै विश्वास राख्नुहुने सम्पूर्णप्रति आभार ब्यक्त गर्दछौँ ।
नेपाल मेडिसिटी अस्पताल सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवामा सधैं समर्पित छ ।
डा. राज राणा
मेडिकल सुपरिटेन्डेन्ट
नेपाल मेडिसिटी अस्पताल