लन्डन, (एजेन्सी) ।
युरोपेली नेसन्स कपअन्तर्गत आइतवार भएको खेलमा फ्रान्सले इटालीलाई ३–१ गोलअन्तरले हराएको छ ।
लिग ए समूह २ बाट क्वार्टरफाइनलमा पुगिसकेका यी दुई टोलीबीच भएको खेलको नतिजापछि फ्रान्स समूह विजेता बनेको छ । यदि एक गोलको अन्तरले मात्र पराजित भएको भए पनि इटाली समूह विजेता बन्ने समीकरण थियो ।
सानसिरोमा फ्रान्सका मिडफिल्डर रेबियटले दुई गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो । इटालीका लागि आन्द्रो काम्बासियोले गोल गरेका थिए । रेबियटले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए ।
खेलको ३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे । ३५औं मिनेटमा इटालीका काम्बिसियो गोलले इटालीले खेलमा फर्कने कोशिस ग¥यो । ६५ औं मिनेटमा रेबियटले अर्को गोल गरे । सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठूलो गोलअन्तरको हार पनि हो ।
इजरायलको पहिलो जित
सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १–० ले हरायो । इजरायलले ४६ वर्षपछि बेल्जियमलाई पराजित गरेको हो । इजरालयलले पछिल्लो पटक सन् १९७८ मा बेल्जियमविरुद्ध १–० गोलअन्तरकै जित हासिल गरेको थियो ।
त्यसयताका चार खेलमा बेल्जियम विजयी भएको थियो । जितका बाबजुद ६ खेलमा चार अंक जोडेको इजरायल लिग ‘ए’ समूह–२ को पुछारमा रह्यो । पराजित बेल्जियम पनि समान खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।
हंगेरीको बोजसिक एरिनामा वैकल्पिक खेलाडी यार्डन शुआले गरेको एक मात्र गोल इजरायललाई जित दिलाउन पर्याप्त बन्यो । उनले निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डिया सबाको पासलाई पोस्टको दिशा दिए । शुआले खेलको ७४औं मिनेटमा एली दासालाई प्रतिस्थापन गरेका थिए ।
हालान्डको ह्याट्रिक
त्यसैगरी अर्लिङ हालान्डले ह्याट्रिक गर्दा नर्वेले फराकिलो जित हासिल ग¥यो । लिग बी समूह ३ मा नर्वेले कजाकिस्तानलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए ।
४१औं मिनेटमा सोर्लोथले अर्को गोल थपेपछि नर्वेले ३–० को अग्रता बनायो । ७१औं मिनेटमा हालान्डले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै हालान्ड ७ गोलका साथ जारी नेसन्स लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिए । ५ गोलका साथ पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । त्यसैगरी ७४औं मिनेटमा नुसाले गोल गरेका थिए ।
समूहको अर्को खेलमा अस्ट्रिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका छन् । शीर्ष स्थानको नर्वेले ६ खेलबाट १३ अंक र दोस्रो स्थानको अस्ट्रियाको ११ अंक छ । समान खेलबाट स्लोभेनियाले ८ र कजाकिस्तानले एक अंक जोडेको छ ।
फ्रान्सद्वारा इटाली पराजित
इंग्ल्यान्डले भने लिग बी समूह २ मा आयरल्यान्ड गणतन्त्रलाई ५–० ले हरायो । दस खेलाडीमा सीमित आयरल्यान्डविरुद्ध इंग्ल्यान्डले सबै गोल दोस्रो हाफमा गरेको थियो । ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा इंग्ल्यान्डले युइएफए नेसन्स लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ ।
अस्थायी मुख्य प्रशिक्षक ली कार्स्लेको अन्तिम खेलमा आयरल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्डले प्रतियोगिताको अर्को संस्करणमा पुनरागमन गर्ने सुनिश्चित गरेको हो । यसअघि इंग्ल्यान्डले दोस्रो स्थानको ग्रीसलाई २–० गोलअन्तरले पराजित गरेको थियो । तर, ग्रीसको पनि समान ६ खेलबाट १५ अंक छ । वेम्बलीमा ५३औं मिनेटमा केनले पेनाल्टीमार्फत इङंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । लाईम स्केल्सले डिबक्सभित्र उनलाई लडाएपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
त्यसको दुई मिनेटपछि एन्थोनी गोर्डन र ५८ औं मिनेटमा कोनोर गालाघरले गोल गर्दै इङ्ल्यान्डलाई ३–० को अग्रता दिलाए । सब्स्टिच्युट खेलाडी जारोड बोवेनले ७५औं मिनेटमा पहिलो गोल गरे भने त्यसको चार मिनेटपछि टेलर हरवुड बेलिसले अर्को गोल थपे ।
जनवरीमा नयाँ मुख्य प्रशिक्षक थोमस टुचेललाई स्वागत गर्न लागेको इङ्ल्यान्डले ६ खेलमा पाँच जित हात पारेको छ । कार्स्लेले छोटो अवधिमा आठ खेलाडीलाई डेब्यु गराए । सोही समूहमा ग्रीसले फिनल्यान्डमाथि २–० को जित निकाल्यो ।
प्रतिक्रिया