बाजुरा।
बुढीगंगा नगरपालिका वडा नं ३ बजेडीमा पचास वर्षदेखि निरन्तर पहिरो बगिरहेको छ । बजेडी गाउँको तल गुँईगाड, परि गुइवन र माथि मलयासैनबाट निन्तर पहिरो खसीरहन्छ । पहिरोबाट गाउनै अजित भएको छ । “आकाशमा बादल लाग्ने वित्तिकै रातभर झरन झरन हुन्छ । आकास वर्षिएसंगै पहिरो खस्न थाल्छ । राति निकरी सुत्न नपाएको वर्षै भयो बजेडीका नन्दराम जोशीले भने । गाउँको तिन तिरबाट पहिरो गएको छ ,हामी संग एकिन हिसाव त छैन पाँच हजार क्वीन्टल बढी धान फल्ने खेत निमिट्यान्न भएको छ । पचास वर्ष अघि गाउँको सिरानीमा कुलो थियो । जीउलोमा खेतवारी थियो । २०३१ साल देखि बग्न थालेको पहिरो अहिले सम्म रोकिएको छैन। सयैं निवेदन दिए हौंला सुनुवाई कसैैबाट भएको छैन । पहिराबाट ९२ परिवार विस्थापित भएकाछन् । उनीहरूले भारतको चौकीदारी कामगरेर कसैले तराईतिर बस्ती सारेका छन् भने कोही भारतमै गुजारा चलाईरहेका छन् जोशीले भने ।
कालुराम जैशीको ४९ खला अर्थात ८१ रोपनी जग्गा थियो । खेतवारी पहिरोमा परिणत भएपछि अहिले चार रोपनी जग्गा मात्र छ । धन्न कच्ची सडक गाउँमै पुगेकोे छ र महिनै पिच्छे ट्याक्टरले चामल दैलेमै पुु¥याईदिन्छ र परिवारलार्य बेशा गरी पाल्दै आएका छन् । बजेडीका मनिराम जोशीका १० भैसी १२-पन्ध्र गाईबस्तु पच्चिस -तिस बाख्रा र ४५ खला जग्गा थियो । भात खाने खेत ,चराउने बन र हिँड्ने बाटो सबै पहिरोमा परेपछि अहीले एक भैसी पाल्न पनि मुीस्कल भएको छ। । हातमा लालपुर्जा मात्र छ कमाईखाने जगको चिम्टी छैन । हिरादेबी जैशीको पनि पहिले भात खाने सेरो थियो दैलोमा सिँचाइ कुला थियो हिँड्ने बाटोथियो अहिले हिँड्ने बाटोछैन । खाने पानी छैन । छ भन्नुकेही छैन ,राति पानी परेपछि मुटु थर्किन्छ कतिपटक त पर डाँडाको बजेडी आधारभुत विद्यालय छानामा गएर रात विताएको दुःखद घटाना सुनाउन्छिन् । पानी पर्दा ओत लाग्ने र करिब दुईसय बालवालिका पढ्ने स्कुल पनि बुढीगंगा नगरपालिकाले गत वैशाख हटाएपछि राती ओत लाग्ने भवन भन्दा पनि झण्डै दुईसय विद्यार्थीको भविष्य अन्धकार हुने भएको छ हिराले भनिन् ।
पहिले भात खाने सेरो थियो खेत बारी पहिरोमा परिणत भएपछि मालको ढड्डाबाट जग्गा हटाउन जिल्ला मालपोत कार्यालयलाई धेरै पटक गुहारे तर मालले अहिले सम्म लालपुर्जाबाट निश्शाहटाई दिएको छैन । हातमा लालपुर्जा भएकै कारण वार्षिक हजार बाह्र सय रुपियाँ विनसित्तै बाली तिर्नुपरेको डिल्लीराम जोशीको गुनासो छ ।
माथि उल्लेखित बजेडीका केही परिवारको प्रतिनीधिमुलक पात्र मात्र हुन् सिंगो बजेडीका १३५ परिवार र पारी खप्तड क्षेडेदह सात गुम्लागाउँका डेडसय पहिरो पिडित परिवारको बेथा एउटै हो। बस्ती सार्नुपर्ने आसवासन सबैले दिन्छन्। चुनावमा त प्रत्येक दलका नेतारुको प्रमुख एजेन्डा बन्छ । चुनाव सकिएसंगै बजेडाको सवाल पनि सेलाउँछ स्थानीयको गुनासो छ ।
पहिरो आएको थाह पाउन विगत चार वर्ष पहिले बजेडीमा साईरन मेशिन जडान गरेको थियो। त्यो विगत तिन वर्ष देखि प्रयोग विहिन् छ । सरकारले ल्याएको बस्तीविकास योजना कार्यान्वयनमै छैन । केही वर्ष अघि प्रदेश सरकारले २० लाख रुपैंयाको तटवन्दन कार्यक्रम हालेको थियो त्यसले सिंगो गाउँ शुरक्षित हुने कुरै भएन । पछिल्लो समयमा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले सफल परियोजना मार्फत विपद् जोखिम न्यूनीकरण कार्यक्रम लागू गरेका छ करिब दुईहजार विरुवा बृक्षारोपण गरेको नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखा सभापति मेखराज जैशीले भने। मानव बचाउनकै लागि स्थानी समुदायमा विपद्बाट बच्न विपद् सम्बन्धि प्रतिकार्य योजना तयार गरी आवस्यक तालिम दिईरहेकाछौं। थप कार्यक्रम पनि प्राथमिकताका आधारमा लागू गछौं सभापति जैशीले भने ।
प्रतिक्रिया