बौद्ध धर्मगुरु शेर्पाको लामा खेन्नो सार्वजनिक

846
Shares

बौद्ध धर्मगुरु खेन्पो पेमछिरी शेर्पाको नयाँ भक्ति गीत लामा खेन्नो सार्वजनिक भएको छ। गीत धर्मगुरु शेर्पाको युट्युब च्यानल खेन्पो पेमछिरी शेर्पाबाट सार्वजनिक गरिएको हो। संगीतकार न्ह्यू बज्राचार्यले संगीत भरेको गीत गोपाल प्याकुरेलले रचना गरेका हुन्।


गीतले बुद्धधर्मप्रति आस्था, गुरु–शिष्यको निष्ठा र गुरुको महत्वलाई विशेष आदरका साथ चित्रण गरेको छ। गीतमा लामा भनेको गुरु वा शिक्षकलाई जनाउँछ भने खेन्नोले गुरु, मलाई बचाउनुहोस् भन्ने अर्थ व्यक्त गर्दछ।


गीतमा शिष्यले गुरुको शरणमा पुग्दै, मार्गदर्शन र संरक्षणको याचना गरिएको छ। गुरुको महिमा, शिक्षाको महत्व र गुरुको शरणमा बाँड्नुपर्ने सन्देश गीतमा समेटिएको छ। आध्यात्मिक जीवनमा गुरुको अपरिहार्य भूमिका र साँचो शान्ति एवं मोक्ष प्राप्त गर्न गुरु शिक्षाको आवश्यकता रहेको भाव गीतमा छ।


गीतमा गोपाल रसाइलीले नेपाली र तिब्बती सांगीतिक धुनको सुन्दर संयोजन गरेका छन्। गीतले सुगम संगीत र भक्ति भावको उत्कृष्ट मिश्रण प्रदान गरेको छ। मिलन शंकरले छायांकन गरेको गीतको भिडियो बिभोर पोखरेलले सम्पादन र निर्देशन गरेका छन्। शेर्पाले यसअघि मन बोलको गीत भिडियोसहित सार्वजनिक गरेका थिए।