रुपमा मात्र होइन अभिनयमा पनि उत्तिकै अगाडी रहेकी अभिनेत्री जुही चावला धनमा पनि एक नम्बरमा पर्छिन्।
भारतकी सर्वाधिक धनी अभिनेत्री जुहीको कुल सम्पत्ति ४६ सय करोडको हाराहारीमा छ। केहि महिना अघि मात्र हुरुन रिच लिस्ट २०२४ ले जुहीलाई भारतकी सर्वाधिक धनी अभिनेत्री घोषणा गरेको हो। सर्वाधिक कमाई गर्ने अभिनेत्री त अहिलेका चलेका र महंगो पारिश्रमिक लिने अभिनेत्री हुनुपर्ने हो। कसरी ९० की दशककी र फिल्ममै सक्रिय नरहेकी अभिनेत्री परिन् भन्ने जोकोहीलाई लाग्न सक्छ।
जुहीले यो स्थान हासिल गर्नुमा उनले युवा अवस्थामै व्यवासयमा गरेको लगानीको प्रमुख हात छ। फिल्म क्षेत्रको आम्दानी उनको सहायक स्रोत हो। ९० को दशकमा टप टेनमा पर्ने जुहीले त्यो बेला फिल्ममार्फत राम्रो आम्दानी गर्थिन्। फिल्मबाट प्राप्त आम्दानी उनले विस्तार विस्तारै विभिन्न व्यवसायमा लगाउन सुरु गरिन्। उनी कोलकाता नाईटसहित भारतका विभिन्न क्रिकेट समूहको सह लगानीकर्ता हुन् भने अभिनेता शाहरुख खानको बिजनेस पार्टनर हुन्।
उनले करोडपति पति जय मेहतासँग पनि संयुक्त लगानी गरेकी छन्। धेरै घर जग्गाको मालिक्नी रहेकी उनी उमेरले ५७ वर्षकी भइन्। यसरी पछिल्लो दशकमा कुनै पनि हिट फिल्म दिन नसकेकी जुही व्यापार व्यवसायबाट आफ्नो समकालिन र पछिल्लो समय सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री भन्दा कयौं गुणा धनी बनिन्।
प्रतिक्रिया